प्रस, वीरगंज, १२ माघ/
वीरगंज भन्सार कार्यालय र श्रीसिया सुक्खा भन्सार कार्यालयले ७२औं अन्तर्राष्ट्रिय भन्सार दिवस मनाएका छन् । वीरगंज भन्सारले बिहान ९ बजे र बन्दरगाह भन्सार कार्यालयले दिउँसो १ बजे अन्तत्र्रिmया कार्यक्रम आयोजना गरी २६ जनवरीका दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाएका हुन् ।

वीरगंज भन्सारको सभाहलमा आयोजित कार्यक्रममा व्यवसायीहरूले सरकारी नीतिकै कारण राजस्व सङ्कलन प्रभावित भएको आरोप लगाए । पहिले मुलुकको कुल राजस्व सङ्कलनमा वीरगंज भन्सारको ५० प्रतिशत योगदान हुने गरेकोमा अहिले वीरगंज भन्सार भन्सार सो योगदान ३३ प्रतिशतमा झर्नु चिन्ताको विषय भएको वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष्F अनिलकुमार अग्रवालले बताए ।

उनले वीरगंज–रक्सौल नाकामा हाल बिहान ६ देखि राति १० बजेसम्म आउजाउ गर्ने नियम रहेकोमा त्यसलाई बढाएर बिहान ५ देखि राति ११ बजेसम्म आउजाउ गर्ने व्यवस्था मिलाउन भारतीय पक्ष्Fसँग समन्वय गर्नको लागि आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुबोध गुप्ताले वीरगंज भन्सारका कर्मचारीहरूले भन्सार जाँचपासमा असहज वातावरण सिर्जना गर्दा व्यवसायीहरूले झन्झट खेप्नुपरेको बताए ।

वीरगंज भन्सारका प्रशासक डिलाराम पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, बाराका प्रजिअ शशिधर घिमिरे, राजस्व अनुसन्धान कार्यालय, पथलैयाका प्रमुख प्रेम देवकोटा, पर्साका सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्य, वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष्F माधव राजपाललगायतको सहभागिता थियो ।

वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण वीरगंज भन्सारका अर्का प्रमुख भन्सार अधिकृत केशवप्रसाद ओलीले गरेका थिए ।

यसैगरी, श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आयोजित कार्यक्रममा भन्सार क्लियरिङ एजेन्ट र निजी क्षेत्र मिलेर राजस्व सङ्कलनको दायरालाई बढाउन साझेदारी भूमिका खेल्नुपर्ने सुझाव दिइएको थियो । कार्यक्रममा वीउवासङ्घका उपाध्यक्ष्F माधव राजपालले जबरसम्म तीनवटै पक्ष्Fबीच सहज र प्रभावकारी किसिमले काम गर्ने वातावरण मिल्दैन, तबसम्म आयात भएका मालवस्तु समयमा जाँचपास हुँदैनन् । जाँचपासमा ढिलाइ हुँदा राजस्व सङ्कलनमा नकारात्मक असर परिरहेको उनले बताए ।

त्यसैगरी, नेपाल भन्सार क्लियरिङ एजेन्ट महासङ्घका उपाध्यक्ष्F काशीराज उपाध्यायले श्रीसिया सुक्खा बन्दरगाह भन्सारलाई विस्तार गर्नुपर्नेमा काठमाडौं, चोभारस्थित सुक्खा बन्दरगाहमा नेपाल सरकारले करोडौं रुपैयाँ लगानी गरी उपलब्धिहीन काम गरेको टिप्पणी गर्दै उक्त रकम यसै भन्सारका वरपरको जग्गा अधिग्रहण गरी भौतिक पूर्वाधार विस्तार गरेको भए नेपालको पारवहन क्ष्Fेत्रमा कोसेढुङ्गा साबित हुने बताए ।

कार्यक्रममा व्यवसायीहरूले श्रीसियावासीको मुआवजा विवादलाई समयमा सम्बोधन गर्दै बाँकी मुआवजा भुक्तानी गरी श्रीसिया सुक्खा बन्दरगाह भन्सारको भौतिक पूर्वाधारको बारेमा राज्य गम्भीर हुनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here