दिनेश मिश्र, वीरगंज, १२ माघ/
वीरगंज महानगरपालिका–१४ स्थित सिद्धार्थ माविले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रम विद्यालयको अडिटोरिय हलमा भएको थियो ।

प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका छजना विद्यार्थीको सहभागिता थियो । कक्षा १० का विवेक साह प्रथम, कक्षा १० की रूखसार खातुन द्वितीय र कक्षा ९ की आशिया खातुन तृतीय भएका थिए । उत्कृष्ट तीनजनालाई ब्याग र भाग लिएका चुनी साह, अनु चौधरी, रोहित देवकोटालाई सान्त्वना पुरस्कार वितरण गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक उमेश मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षकहरू अकलेशकुमार मिश्र, रमेशप्रसाद चौधरी, देवलाल प्रसाद, मञ्जु भट्टराई, मुकेश साहलगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन सहप्रधानाध्यापक प्रेमशङ्कर रौनियारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here