समाजवादी प्रेस सङ्गठनको अधिवेशन सम्पन्न

प्रस, वीरगंज, १२ माघ/
नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस सङ्गठन नेपाल पर्साको विशेष अधिवेशन सम्पन्न भएको छ ।

सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीले विशेष अधिवेशनको उद्घाटन गरेका थिए । जिल्ला अध्यक्ष मनोज पटेलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नेकपा एस, पर्साका अध्यक्ष बालगोपाल थापा, महानगर कमिटी अध्यक्ष्F मनोज चौधरी, सङ्गठनका महासचिव रामकुमार एलन, उपमहासचिवद्वय लेखनाथ सिकारु र प्रतिभा बुढामगर तथा केन्द्रीय सचिवालय सदस्य रेवेन्द्र कार्कीले अधिवेशन सफलताको लागि शुभकामना दिएका थिए ।

विशेष अधिवेशनले शम्भुकुमार सुमनको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्ष्F हरिशङ्कर शर्मा, रमा थामी, सचिव विनोद पटेल, सहसचिव श्याम सर्राफ र कोषाध्यक्ष सन्तोष साहलगायत रहेका छन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्