प्रस, पोखरिया, १२ माघ/
नेपाली काङ्ग्रेस नगर कार्यसमिति पोखरियाले पोखरिया नगरपालिकामा गत आव र चालू आवमा भए गरेका गतिविधिहरूको सूचना माग गरेको छ । क्षेत्रीय सभापति रामबाबूप्रसाद चौहानद्वारा लिखित निवेदन नगरपालिकामा दर्ता गराइ सूचना माग गरिएको हो ।
निवेदनमा गत आव र चालू आवका सम्पूर्ण आय–व्यय विवरण, पोखरिया अस्पताल विकास समितिको गत र चालू आवका बैठक तथा निर्णयपुस्तिकाको प्रतिलिपि, २०७९ जेठदेखि २०८० माघसम्म के कति कर्मचारी, करार, ज्यालादारी, स्थायी कुन प्रक्रिया र विधिबाट नियुक्त भए सोको नामावलीसहित विवरण पनि माग गरिएको छ ।
त्यसैगरी, पछिल्लो दुई वर्षको मसलन्द खर्च, औषधि खर्च, मेशिनरी खरीदको विवरण साथै पोखरिया अस्पतालमा आव २०७९/८० र २०८०/८१ मा मरम्मतसम्भार र भवन निर्माणमा के कति खर्च भएको भनी निवेदनमार्पmत सूचना माग गरिएको छ ।