प्रस, परवानीपुर, १२ माघ/
राष्ट्रिय एकता अभियान बाराको आयोजनामा जीतपुरसिमरा उ पमहानगरपालिका–७ मा राष्ट्रिय स्वाधीनता, बिआरआई ऋणजाल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अभियानका संयोजक विनय यादवले राष्ट्रिय स्वाधीनता संरक्षणको लागि सबै एकबद्ध हुनुपर्ने बताए । यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले विकास र समृद्धिमा पार्ने प्रभावसँगै त्यसको सञ्चालनका विविध आयामबारेमा चर्चा गरेका थिए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई नेपाल सरकारले चीनसँग वार्ता गरी अनुदानमा परिणत गर्न आवश्यक रहेको बताए ।

कार्यक्रमका संयोजक हरिप्रसाद थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा सौरभनाथ, वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ओमप्रकाश सिकरिया, गीता शर्मा, मुना खरेल, लक्ष्मण साह, नगर उद्योग वाणिज्य सङ्घका रामबाबू साह, प्राध्यापक अनिल चौधरीलगायतले धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here