चीसोमा बिरामीहरू बढे

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रमोद यादव, पंचगावाँ, १२ माघ/
शीतलहरसँगै बढेको चीसोका कारण पर्साका सखुवाप्रसौनी र पटेर्वासुगौली गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढेको छ । विशेषगरी रुघाखोकी, ज्वरो, निमोनिया, डाइरिया, दमरोग, रक्तचाप, छालारोगका बिरामी आउने गरेको पटेर्वासुगौली गापा स्वास्थ्य अधिकृत भुजेन्द्रप्रसाद यादवले बताएका छन् ।

गत महीनाको तुलनामा स्वास्थ्य चौकीमा बिरामीको सङ्ख्या दोब्बर भएको र ओपिडी बिरामी आउने गरेको यादवले बताए । उनीहरूलाई चीसोबाट बच्न बाक्लो न्यानो कपडा लगाउन, तातोपानी पिउन र विनाकाम चीसोमा घरबाट ननिस्किन सखुवाप्रसौनी गापाका स्वास्थ्य अधिकृत राजेशप्रसाद रौनियारले सुझाव दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस