• श्रीमन्ननारायण

दक्षिण छिमेकी भारत आफ्नो ७५औं गणतन्त्र दिवस मनाइरहेको छ । आजकै दिन सन् १९५० मा भारतको संविधान जारी भएको थियो । यसको साढे सात दशक लामो संवैधानिक यात्रा नेपालजस्ता नवोदित गणतान्त्रिक मुलुकहरूका निम्ति प्रेरणाका स्रोत हुन सक्दछ । १४० करोड जनसङ्ख्या, धार्मिक, जातीय एवं भाषिक विविधता र विशाल क्षेत्रफलका बावजूद त्यहाँका जनतामा अभूतपूर्व राष्ट्रप्रेम र एकता देख्न सकिन्छ । त्यहाँका जनताले देशको संविधानलाई सर्वाेपरि मानेका छन् र प्रत्येक समस्याको समाधान लोकतान्त्रिक तरीकाले र संविधानको परिधिभित्रै रहेर समाधान भएको हेर्न चाहन्छन् । भारतको सफल सङ्घीयता, उच्च कोटीको लोकतन्त्र र निरन्तर समृद्ध हुँदै गएको गणतन्त्रको चारैतिर प्रशंसा गरिन्छ । भारतको संविधानमा आवश्यकता अनुसार संशोधन भएका छन् । प्रत्येक संशोधनले त्यहाँको लोकतन्त्रलाई बलियो नै बनाएको छ ।

विश्वको पाँचौं अर्थव्यवस्था बनेको भारत चाँडै चौथो अर्थ व्यवस्था बन्ने दिशामा अग्रसर छ । सूचना प्रविधि, अन्तरिक्ष अनुसन्धान, विज्ञान, धार्मिक, शिक्षा, कला, साहित्य एवं सङ्गीतसमेतको क्षेत्रमा यसले अभूतपूर्व उपलब्धि हासिल गरेको छ । विश्वको उदाउँदो महाशक्ति बन्न लागेको भारतको अहिलेसम्मको गणतान्त्रिक यात्रा सफल साबित भएको छ ।

नेपाल र भारत परम्परागत छिमेकी राष्ट्र हुन् । दुर्ई देशका जनताबीचको सम्बन्ध, यसका इतिहासभन्दा पनि पुरानो छ । नेपाल र भारत दुर्ई यस्ता दक्षिण एशियाली मित्र राष्ट्र हुन् जसलाई भूगोल र इतिहास दुवैले एशियाको मार्गचित्रमा गाँसिदिएको छ । खुला सिमाना, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्धले हामीबीचको मित्रतालाई अझ बढी प्रगाढ बनाइदिएको छ । अर्काे शब्दमा भन्नुपर्दा यी दुई देश बीचको भौगोलिक सन्निकटता, आर्थिक अन्तर्सम्बन्ध र सामाजिक, सांस्कृतिक आदानप्रदान आदिका कारण यो आपसी सम्बन्ध राज्यस्तरमा मात्रै सीमित नभई जनस्तरमासमेत गहिरो र फराकिलो रहेको छ । यस बहुआयामी सम्बन्धलाई थप प्रगाढ बनाउन दुवै देशका सरकार, जनता र सामाजिक सङ्घसंस्थाहरू समेतले आआप्mनो स्तरबाट हरसम्भव सहयोग गर्दै आएका छन् । नेपालको चौतर्फी विकासमा भारतको महŒवपूर्ण भूमिका रहिआएको छ । नेपाल र भारतबीच सुमधुर घनिष्ठ, परस्पर मित्रता एवं सहयोगमा आधारित सम्बन्धको विकल्प पनि छैन । नेपाल र भारतका जनताबीचको सम्बन्धलाई नयाँ दिल्ली र काठमाडौंले बनाएको छैन । हालै भारतको अयोध्यामा मर्यादा पुरुषोत्तम रामको प्रतिमामा प्राण प्रतिष्ठा गरिंदा नेपालमा पनि भारतजस्तै खुशी र उल्लासको वातावरण थियो र अहिले पनि छ । हर्ष, उत्साह एवं खुशीका आँसु दुवै देशका नागरिकले एकैसाथ बगाए । माता सीताविना राम अधूरो रहेझैं भारत र नेपाल पनि एकअर्काबिना अधूरो छन् । भगवान रामको प्राण प्रतिष्ठा भएकै दिन भारतझै नेपालका प्रत्येक सनातनीहरूले आआप्mनो घरमा दीपोत्सव मनाए, मन्दिरमा पूजापाठ र दर्शन गरे । एक्काइसौं शताब्दीमा पनि अयोध्या र जनकपुरबीचको सम्बन्ध त्रेताकालजस्तै रहेको अनुभूति गर्न सकिन्छ ।

नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धमा भ्रातृत्व र क्रान्तिको विषय पनि आउँछ । नेपालमा तबसम्म प्रजातन्त्र आएन जबसम्म भारत अङ्ग्रेजहरूको शासनबाट मुक्त भएको थिएन । नेपालको उत्तरी छिमेकी तिब्बतमा दलाई लामाको धार्मिक शासन थियो ।

भारतमा जारी अङ्ग्रेजविरोधी आन्दोलनमा नेपाली नेताहरू स्व विपी कोइराला, मातृकाप्रसाद कोइराला, मनमोहन अधिकारीलगायत सयकडौंले सक्रिय सहभागिता जनाएका थिए, पक्राउ पनि परेका थिए । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि नेपालमा पनि १०४ वर्ष पुरानो पारिवारिक राणा शासनलाई अन्त्य गरी प्रजातन्त्रको स्थापनाका लागि आन्दोलन शुरू भयो । विसं. २००७ सालमा तत्कालीन राजा त्रिभुवन र नेपालका राजनीतिक दलहरूको संयुक्त प्रयासले देशमा प्रजातन्त्र आएको थियो । राजा, राणा र नेपाली काङ्ग्रेसबीच नयाँ दिल्लीमा भएको त्रिपक्षीय सम्झौताका कारण नेपालमा प्रजातन्त्र स्थापना भएको थियो तर २०१७ साल पुस १ गते तत्कालीन राजा श्री ५ महेन्द्रले संसदीय व्यवस्था समाप्त गरी शासनसत्ता आप्mनो हातमा लिएपछि नेपालमा लोकतन्त्रवादीहरू दशकौंसम्म निर्वासनमा भारतमा बस्न बाध्य भए । २०४६ सालको अन्त्यतिर भारतका नेताहरू चन्द्रशेखर, डा सुब्रमण्यम स्वामी, एमजे अकबर, हरिकिसन सिंह सुरजितहरूको नैतिक समर्थन एवं सद्भावले नेपालका प्रजातन्त्रवादीहरूलाई निर्णायक आन्दोलनका लागि अभिप्रेरित गरेको थियो र नेपालबाट तीन दशक लामो सक्रिय राजतन्त्रको अन्त्य भयो ।

२०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले सक्रिय शासन गर्न थालेपछि फेरि पनि २०६२ मङ्सिरमा नयाँ दिल्लीमा नेपालका सात दल र माओवादीबीच भएको कार्यगत एकताले नै नेपालमा लोकतन्त्र स्थापना हुन सक्यो । विगत १७ वर्षदेखि देशमा लोकतान्त्रिक शासन छ । सङ्घीयता र गणतन्त्र स्थापित भएको छ । नेपालको संविधान २०७२ संविधानसभाका दुईतिहाई सदस्यको बहुमतबाट जारी भएको छ । संविधानका कतिपय प्रावधानहरूले समय–समयमा समस्या उत्पन्न गर्ने काम गरेको छ । संविधानमा संशोधनका माग भइरहेका छन् । सम्भवतः नेपालमा संविधान निर्माताहरूले देश र जनताको हितलाई ध्यानमा राखी संविधान जारी गरेका भए संविधानको भाषा प्रस्ट हुने थियो ।

संविधानको दिशा र भाषा प्रस्ट छैन भने त्यो शब्दहरूको जङ्गल मात्रै साबित हुन्छ । यस्ताखाले संविधानले प्रत्येक पाइलामा समस्या उत्पन्न गर्ने गर्दछ र देशका जनता संविधानको विरोध गर्दै परिवर्तनको माग गर्दछ । संवैधानिक सङ्कटको अवस्था उत्पन्न भई राजनीतिक अस्थिरता पनि निम्तिने डर हुन्छ । विश्वका र दक्षिण एशियाकै कतिपय देशहरूमा पनि अनेकौंपटक संविधान बनेका छन् तर समस्याको समाधान हुन सकेन । भारतको संविधान ७५ वर्षमा प्रवेश गरेको छ तर १४० करोड जनतालाई एक सूत्रमा बाँधेर राखेको छ । देशका प्रत्येक समस्याको समाधान संविधानको परिधिभित्रै खोज्ने त्यहाँका जनताको चाहनाको प्रशंसा गर्नुपर्छ । भारतजस्तो बहुलवादी र सामाजिक विविधताले भरिएको देशमा लोकतन्त्र पूर्णरूपेण सफल साबित भएको छ ।
अधिकांश औपनिवेशिक देशहरूमा स्वतन्त्रताको निम्ति सबै जनता मिलेर नै आन्दोलन चलाए तर देश स्वतन्त्र भएपछि अन्य दलहरूमाथि प्रतिबन्ध लगाउने काम भयो तथा एउटै पार्टी लामो समयसम्म सत्तामा रहिरह्यो जबकि भारतमा कुनै पनि दलको जनाधार विकसित हुन रोक लगाइएन । फलस्वरूप त्यहाँ क्षेत्रीय राजनीतिक दलहरूको जनाधारमा पनि अभिवृद्धि भएको छ । राज्यद्वारा स्वायत्तता माग गर्ने क्रम बढेको छ । प्रत्येक असन्तुष्टिलाई संविधानको परिधिभित्र समाधान गर्ने काम गरिन्छ । भारतमा केन्द्र सरकार होइन, अपितु प्रान्तीय सरकारलाई बलियो बनाउने काम भएको छ । त्यहाँको लोकतन्त्र एवं गणतन्त्र विश्वकै अनुकरणीय छ ।

दक्षिण एशियाकै देश पाकिस्तानको निर्माण धार्मिक आधारमा भएको थियो । पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाले मुसलमानहरू हिन्दूहरूसित मिलेर बस्न सक्दैनन् तसर्थ मुसलमानहरूको निम्ति छुट्टै देश चाहिन्छ भन्ने माग गर्दै भारतबाट पाकिस्तानको स्थापना गरे । विशुद्ध धार्मिक आधारमा मुसलमानहरूको निम्ति पाकिस्तानको गठन त भयो, तर पूर्वी पाकिस्तानका मुसलमानहरूको मातृभाषा बङ्गलाको उपेक्षाका कारण बङ्गालीहरूले धर्मको सट्टा आप्mनो भाषा, संस्कृति एवं पहिचानलाई उच्च महŒव दिएर छुट्टै देश बङ्गलादेशको स्थापना
गरे । पाकिस्तानमा लोकतन्त्र पनि टिक्न सकेन र त्यहाँको शासनसत्ता त्यहाँको सेनाको निर्देशनमा सञ्चालित भई आएको छ । लोकतन्त्रवादी नेताहरू सेनाका सामु लाचार हुन्छन् । जनरल अयुब खान, याहया खान, जियाउल हक र परवेज मुशर्रफहरूले पाकिस्तानमा लोकतन्त्र बलियो हुन दिएनन् । श्रीलङ्कामा हिन्दूहरू (तमिल)लाई अधिकार दिन नमान्ने बहुसङ्ख्यक सिंहलीहरूको हठका कारण त्यहाँ हिंसा भयो । भारतमा मुसलमानबाट डा जाकिर हुसेन, फखरूद्दिन अलि अहमद, र डा एपीजे अब्दुल कलाम, सिखबाट ज्ञानी जैलसिंह, महिलाबाट श्रीमती प्रतिभादेवी पाटील, दलितबाट केआर नारायण तथा रामनाथ कोविद र आदिवासी जनजातिबाट श्रीमती द्रौपदी मुर्मू (वर्तमान राष्ट्रपति)ले राष्ट्रपति बन्ने अवसर पाए । यो बलियो एवं सफल गणतन्त्रको पहिचान हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here