प्रस, वीरगंज, ९ माघ/
नागरिक अभिनन्दन मूल समारोह समिति, पर्साले मङ्गलवार पत्रकार सम्मेलन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन समारोहमा सहभागी हुन आह्वान गरेको छ ।

पत्रकार सम्मेलनमा समितिका संयोजक देवेन्द्रलाल नेपालीले पूर्वराजाको वीरगंजमा गरिने नागरिक अभिनन्दन ऐतिहासिक हुने दाबी गरे । उनले नागरिक अभिनन्दन समारोहमा सहभागिताको लागि सार्वजनिक आह्वान पनि गरे । उनले कार्यक्रम स्थानीय र बाह्य दाताहरूको सहयोगमा हुने र त्यसमा पूर्वराजाको पैसा खर्च नहुने पनि बताए ।

पूर्वराजा शाह पुस २३ गतेदेखि जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरास्थित स्व प्रभु शाहको निवासमा बस्दै आएका छन् । त्यहाँबाट उनले मधेस प्रदेशका पर्सा, बारा, रौतहट र बाग्मती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा रहेका विभिन्न धार्मिक शक्तिपीठहरूमा पूजाअर्चना गर्दै आएका छन् । उनलाई वीरगंजमा यही माघ १३ गते शनिवारका दिन नागरिक अभिनन्दन गरिने कार्यक्रम तय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here