प्रस, निजगढ, ९ माघ/
क्यान्सरपीडितलाई युथ अफ निजगढले सोमवार आर्थिक सहयोग गरेको छ ।
निजगढ नगरपालिका–४ बागदेव नयाँबस्तीका २१ वर्षीया शर्मिला माझीलाई १० हजार १०० रुपैयाँ आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष कमल सुुवारले जानकारी दिए ।
लामो समयदेखि क्यान्सर रोगले पीडित माझीको आर्थिक अवस्था निकै नाजुुक रहेकोले उनका घरपरिवारलाई उक्त रकम वडाध्यक्ष विशन सापकोटा, कार्यपालिका सदस्य मीना चौरेल, समाजसेवी रमेश अर्याल, टङ्कबहादुुर बुढाथोकीलगायत संस्थाका पदाधिकारीहरूको सहभागितामा सो रकम प्रदान गरेको संस्थाका संरक्षक जनक श्रेष्ठले बताए ।
सो अवसरमा वडाध्यक्ष सापकोटाले समाजसेवा कार्यको सिको अन्य सामाजिक सङ्घसंस्थाहरूले पनि सिक्न निकै जरुरी रहेको बताए । कार्यक्रमको सहजीकरण संस्थाकी सचिव मनिता पाण्डेले गरेकी थिइन् ।