प्रस, वीरगंज, ९ माघ/
राष्ट्रिय एकता अभियान, वीरगंजले चीनको बिआरआई परियोजनाको विरोधमा मङ्गलवार वीरगंजमा प्रदर्शन गरेको छ ।

अभियानका राष्ट्रिय विद्यार्थी परिषद्का संयोजक विवेक कुशवाहाको नेतृत्वमा गरिएको विरोध प्रदर्शनमा पोखरा विमानस्थललाई ऋणजालबाट मुक्त गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, नेपाल–चीनबीच भएको बिआरआई सम्झौता खारेज गर, चिनियाँ हस्तक्षेप बन्द गरलगायत नारा लगाइएको थियो ।

नगरपरिक्रमापछि घण्टाघरमा आयोजित कोणसभामा अभियानका केन्द्रीय संयोजक विनय यादवले अप्रत्याशितरूपमा बढेको चिनियाँ सक्रियताले मुलुकको राष्ट्रिय स्वाधीनता खतरामा परेको बताए । उनले राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here