प्रस, वीरगंज, ९ माघ/
प्रभु साह नेतृत्वको आम जनता पार्टीले माघ ११ गते बिहीवार मधेस बन्द आह्वान गरेको छ । पर्सा जिल्ला इन्चार्ज महमद कदम रसूलले मङ्गलवार विज्ञप्ति जारी गर्दै जिल्ला कार्यसमितिको बैठकले माघ ११ गते मधेस प्रदेश बन्दको निर्णय गरेको बताए ।

उनले बैंकहरूले लिने गरेको मनपरी ब्याज फिर्ता गराउन, लघुवित्त/ सहकारीका सम्पूर्ण कर्जा माफ गराउन, आम जनतालाई सहज एवं सुलभरूपमा कर्जा दिलाउन, भन्सार कर्मचारीहरूले भन्सार छलीका सामानमा पाउने ४५ प्रतिशत कमिशनको विरोधमा र कर कार्यालयका कर्मचारीहरूबाट व्यापारीहरूको पसलबाट अराजक शैलीमा बहीखाता नियन्त्रणमा लिनेविरुद्ध बन्द घोषणा गरिएको इन्चार्ज रसूलले विज्ञप्तिमार्पmत जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here