प्रस, वीरगंज, ५ माघ/
सशस्त्र प्रहरीको २३औं वार्षिकोत्सवको अवसरमा निश्शुल्क स्वास्थ्य शिविर तथा औषधि वितरणको कार्यक्रम सम्पन्न भएको छ ।

प्रभु हस्पिटलको सहकार्यमा भएको निश्शुल्क शिविरमा २५० जनाको चेकजाँच गरी निश्शुल्क औषधि वितरण गरिएको अस्पतालका प्रशासन अधिकृत दिलीपराज कार्कीले बताए ।

शिविरमा फिजिसियन डा शिवकुमार झा, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा अरविन्द साह, दन्तरोग विशेषज्ञ डा ज्योति गुप्ताले चेकजाँच गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, सहायक प्रजिअ शिव लम्साल, प्रहरी उपरीक्षक कोमल शाह, सशस्त्र प्रहरी उपरीक्षक किसन बज्राचार्य, हस्पिटलका सञ्चालक डा मनोज गुप्ता, डा लक्ष्मी थापालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here