प्रस, वीरगंज, ४ माघ/
अखिल नेपाल सेक्युरिटी मजदूर सङ्घ, मधेस प्रदेशले बिहीवार नेपाल टेलिकम क्षेत्रीय कार्यालय, वीरगंजमा धर्ना दिएको छ ।

ठेक्काप्रथा खारेज गर, सम्पूर्ण श्रमिकलाई काममा बहाली गर, निष्कासित श्रमिक बहाली गर्नुपर्ने माग गर्दै उनीहरूले धर्ना दिंदै क्षेत्रीय प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा टेलिकमले सेक्युरिटी कम्पनीहरूबीच प्रतिस्पर्धा गराइ नयाँ सेक्युरिटी कम्पनीबाट सुरक्षागार्ड परिवर्तन गरेको कारण यस कार्यालय अन्तर्गत पहिलेदेखि कार्यरत सयजनाभन्दा बढी श्रमिक बेरोजगार भएको उल्लेख छ ।

नेपाल टेलिकमले आर्थिक प्रलोभनमा परी सेक्युरिटी गार्ड कम्पनीलाई ठेक्का दिएको र पहिलेदेखि काम गरिरहेकाहरूको रोजगार खोसेको भन्दै भत्र्सना पनि गरेको छ । कार्यालय अन्तर्गतका सुरक्षागार्डहरूलाई काममा बहाल नगरे आजदेखि सशक्त आन्दोलनसहित धर्ना कार्यक्रम गरिने अध्यक्ष्F घनश्याम भट्टराईद्वारा हस्ताक्ष्Fरित ज्ञापनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here