भवन उद्घाटन, हस्तान्तरण र सम्मान कार्यक्रम

प्रस, वीरगंज, ४ माघ/
शैक्षिक शहीद मुकुन्दप्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साले बिहीवार प्राध्यापक सङ्घ, ठाकुर राम बहुमुखी क्याम्पस एकाइलाई बिहीवार नवनिर्मित दोस्रो तला भवन हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष मुना खनालले प्राध्यापक सङ्घ, ठाकुर राम बहुमुखी क्याम्पस एकाइका अध्यक्ष डा प्रमोद कुशवाहालाई रु नौ लाखको लागतमा निर्मित दुई तले भवन हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा नवनिर्मित भवनको उद्घाटन क्याम्पस दाता परिवारका सञ्जय कलवार र शशिरञ्जन कलवारले संयुक्तरूपमा गरेका थिए ।

स्व खनालको स्मृतिमा आज क्याम्पसका अवकाशप्राप्त प्रFध्यापकहरूलाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो । कार्यक्रममा सहभागी करीब २५ जना अवकाशप्राप्त प्रFध्यापकलाई दोसल्ला ओढाएर सम्मान गरिएको प्रतिष्ठानका संस्थापक सल्लाहकार प्रकाश उपाध्यायले बताए ।

कार्यक्रममा प्रFडा दीपक शाक्य, डा हरेराम ठाकुर, प्राध्यापक उमा मिश्र, मनु अधिकारी, निमित्त क्याम्पस प्रमुख अनिलकुमार रमन, प्राध्यापक सङ्घका अध्यक्ष डा प्रमोद कुशवाहालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्राध्यापक शत्रुघ्न यादवले स्वागत र प्रतिष्ठानका सचिव लालबाबूसिंह राजपूतले सहजीकरण गरेका थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्