प्रस, वीरगंज, ४ माघ/
वीरगंज महानगरपालिका–३ प्रगतिनगरमा चोरहरूले ईरिक्शाको चारवटा ब्याट्री चोरी गरेका छन् ।
बुधवार राति अज्ञात चोरहरूले प्रगतिनगर निवासी मकबुल मियाँको ईरिक्शाबाट ब्याट्री चोरी गरेका हुन् । घरअगाडिको कम्पाउन्डमा रहेको मधेस प्रदेश ०३–००१ह११८७ नम्बरको ईरिक्शाबाट चारवटा ब्याट्री चोरी भएको पीडित मियाँले बताए । उनको घरबाट तीन सय मिटर दूरीमा प्रहरी चौकी पर्छ ।

यसैगरी, केही दिन पहिले प्रगतिनगर निवासी जलिअख्तर मियाँको दुईवटा ईरिक्शाबाट चोरले दुईवटा ब्याट्री चोरी गरेका थिए । सो क्ष्Fेत्रमा तस्करीको लाइन खुलेदेखि चोरीका घटनामा वृद्धि भएको छ । प्रहरी चौकी नजीकै भएपनि हालसम्म प्रहरीले चोरलाई पक्राउ गर्न नसकेको स्थानीयको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here