प्रस, वीरगंज, ४ माघ/
नारायणी क्रिकेट मैदानमा जारी नेशनल इन्फोटेक (एनआई) कप–२०८० अन्तर्गत बिहीवार भएका दुईवटा खेलमा अल्पाइन मावि र नेशनल इन्फोटेक कलेज विजयी भएका छन् ।

पहिलो खेलमा अल्पाइनले ब्याटिङ गर्दै १९ ओभरमा आठ विकेट गुमाएर १०६ रन बनाएको थियो । अल्पाइनका मनीष पटेलले २९, अफ्रिदी अन्सारीले १६ र अफरोज अन्सारीले १५ रन बनाएका थिए । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्राञ्जल उपाध्याय, कृष्ण यादव र गौरव श्रेष्ठले दुई/दुई विकेट लिएका थिए ।

१०७ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रेको हेटौंडा १८.४ ओभरमा सबै विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो । तीन रनले पराजित भएको हेटौंडाको तर्पmबाट कृष्ण यादवले २३, साहेब यादवले १६ र अमन यादवले १२ रन बनाएका थिए । अल्पाइनका अफरोज अन्सारी र रञ्जीत चौहानले दुई/दुई विकेट लिए भने नवराज अधिकारीले एक विकेट लिए । यस खेलको ‘म्यान अफ दी म्याच’ अल्पाइनका अफरोज अन्सारी घोषित भए ।

दोस्रFे खेलमा नेशनल इन्फोटेक कलेजले वीरगंज सेन्ट्रल कलेजलाई तीन विकेटले पराजित ग-यो । पहिले ब्याटिङ गर्दै नेशनल इन्फोटेकले २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो । नेशनल इन्फोटेकका राहुल हकले ६७, नितेश चौधरीले १८ र सफवान अलीले १७ रन बनाए । वीरगंज सेन्ट्रलका निकेश गुप्ता, रोशन यादव र मुकेश मण्डलले दुई/दुई विकेट लिए ।

१३३ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रेको वीरगंज सेन्ट्रल पूरै ओभर खेलेर सात विकेट गुमाइ १२९ रन मात्र बनाउन सक्यो । वीरगंज सेन्ट्रलका अखिल खानले ४३, निकेश गुप्ताले ४० र कमलेश पटेलले १६ रन बनाएका थिए । नेशनल इन्फोटेकका वसिम अली मन्सुरीले तीन विकेट र सलमान मन्सुरी तथा शरीफ अन्सारीले एक/एक विकेट लिएका थिए । यस खेलको ‘म्यान अफ दी म्याच’ नेशनल इन्फोटेकका राहुल हक भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here