• विश्वराज अधिकारी

नेपालमा गरीबी छ । बेरोजगारी छ । यो सत्य हो । तर के नेपालमा त्यो मात्रामा अति नै गरीबी र बेरोजगारी छ कि कुनै पनि किसिमको काम गर्न नपाएर दुई छाक खान पनि समस्या होस् ?

के नेपालमा काम गर्न खोज्दा कस्तै पनि काम नपाएर, आम्दानीको अभावमा, खाना खान नपाएर भोकभोकै मर्नुपर्ने स्थिति छ ? के नेपालमा कुनै पनि किसिमको काम गर्छु भन्दा कुनै पनि किसिमको काम गर्न नपाइने स्थिति छ ? के नेपाल रोजगार–शून्य देश हुन पुगेको छ ?

नेपालमा बेरोजगारीको कुरा गर्दा माथिका प्रश्नहरूको उत्तर खोज्न आवश्यक छ । नेपालमा पर्याप्त मात्रामा रोजगार छैन यो सत्य कुरा हो । कामदारहरूले जुन किसिमको काम गर्न खोजेका छन् त्यस किसिमको काम पाउन कठिन छ त्यो पनि सत्य हो । कामदारहरूले जति आम्दानी हुने काम खोजेका छन् त्यति आम्दानी हुने काम पाउन कठिन छ भन्ने कुरा पनि सत्य हो । यसैगरी आप्mनो अनुभव, शैक्षिक योग्यता वा तालीम अनुसार काम गर्न खोज्दा त्यस किसिमको काम नपाउने स्थिति छ, त्यो पनि सत्य हो । तर उपलब्ध जस्तोसुकै काम गर्छु भन्नेहरूका लागि काम पाउन कठिन छ भन्ने कुरा सत्य होइन ।

नेपालमा बेरोजगारी चरम मात्रामा हुनुका अनेक कारण छन् । नेताहरूको स्वार्थी र सत्तामुखी प्रवृत्तिका कारण देशको आर्थिक विकासको गति मन्द हुनु र पर्याप्त मात्रामा रोजगार सृजना नहुनु पनि नेपालमा बेरोजगारीको एक कारण हो । यस्ता अनेक कारण छन्, जसले गर्दा नेपालमा पर्याप्त मात्रामा रोजगार सृजना हुन सकिरहेका छैन ।

नेपालमा अहिले देखिएको चरम बेरोजगारीको एउटा महŒवपूर्ण कारण भने युवाहरूमा चरम निराशा हो । अहिले नेपालमा युवाहरू अति उच्च बिन्दुमा निराश हुन पुगेका छन् । युवाहरूले स्वदेशमा रोजगार नै देखिरहेका छैनन् । आप्mनो भविष्यसमेत सुरक्षित देखिरहेका छैनन् । आप्mनो भविष्य विदेशमा मात्र सुरक्ष्Fित देखिरहेका छन्स वैदेशिक रोजगारमा देखिरहेका छन् । यस कारणले गर्दा स्वदेशमा रोजगार सृजना नगर्ने र विदेशमा पुगेर जस्तो पनि काम गर्न तयार रहने मनस्थितिमा नेपाली युवाहरू पुगेका छन् ।

विदेशमा पुगेर अति जोखिमपूर्ण काम गर्न युवाहरू तयार छन् । वैदेशिक रोजगारको क्रममा ज्यानसमेत दिन तयार छन्, नेपाली युवाहरू अहिले । रूस– युक्रेन युद्धमा अहिलेसम्म रूसको पक्षबाट युद्ध गर्ने १२ नेपाली युवाहरूको ज्यान जानुले यस तथ्यको पुष्टि गर्दछ । हालै केही दिन पहिले मात्र, रूसको पक्षबाट युद्ध गर्दा युद्धभूमिमा लम्जुङ जिल्ला निवासी ३२ वर्षीय साजन गुरुड्ढो ज्यान गएको छ । साजन गुरुङ माओवादीका ‘वाइसिएल’ नगर पदाधिकारी पनि थिए । रोजागारको खोजमा हिंडेका साजन गुरुङ रूसको सैनिक हुन तयार भएका थिए, सेनामा भर्ना भएका थिए ।

किन त्यसरी जीउ–ज्यानको बाजी लगाएर रूस पुगेका होलान् नेपाली युवाहरू ? यस प्रश्नको उत्तर सरल छ । स्वदेशमा व्याप्त चरम निराशाले युवाहरूलाई विदेशतिर रोजगारको लागि पलायन हुन बाध्य पारिरहेको छ ।

समाचारहरूमा उल्लेख भए अनुसार नेपालका २०० भन्दा बढी युवा रूसी सेनामा भर्ति भएका छन्, युक्रेनविरुद्ध युद्ध गर्न । कति ठूलो निराशा नेपाली युवाहरूमा ? रोजगारको नाममा भाडाको सैनिकसम्म बन्न तयार भएका छन् । कति उदेकलाग्दो स्थिति !

यसैगरी रूसविरुद्ध युक्रेनको पक्षबाट युद्ध गर्न युक्रेनी सेनामा भर्ना भएका छन, नेपाली युवाहरू । कस्तो दुःखलाग्दो स्थिति १ कति ठूलो निराशा १ केवल रोजगारको नाममा, केही बढी पारिश्रमिक पाइएला भन्ने आसमा, नेपाली युवाहरू एक आपसमा युद्ध गरिरहेका छन् । केवल रोजगारका खातिर नेपाली युवाहरूमध्ये केही रूसको पक्षमा त कोही युक्रेनको पक्षमा, आपसमा युद्ध गरिरहेका छन् । नेपाली इतिहासमा कहिले यस्तो देखिएको थिएन ।

रूस र युक्रेन पुगेका नेपाली युवाहरूलाई राम्ररी थाहा छ त्यसरी युद्ध गर्न जाँदा ज्यान पनि जान सक्छ । उनीहरूलाई राम्ररी थाहा छ युक्रेन र रूसबीच भएको युद्धमा युक्रेनतर्फ ३० हजारभन्दा बढी व्यक्तिहरूको (युद्धका कारण) मृत्यु भइसकेको छ । यसैगरी रूसतर्फ ६ हजारभन्दा बढी व्यक्तिको हत्या भइसकेको छ । अर्थात् रूस र युक्रेनबीच डरलाग्दो युद्ध भइरहेको छ भन्ने कुरा नेपाली युवालाई राम्ररी थाहा छ । तर यो तथ्य थाहा पाएर पनि नेपाली युवाहरू रूसी र युक्रेनी सेनामा भर्ति हुन ती देशतर्फ लाग्नुले नेपाली युवाहरूमा निराशाले सीमा पार गरेको कुरा छर्लङ्ग हुन्छ ।

कुनै पनि युद्धमा सेना नै अग्र पङ्Íिमा हुन्छ । उच्च जोखिममा पहिले उनीहरू नै पर्छन् । युद्धको क्रममा युद्धरत सैनिकको कुनै पनि बेला मृत्यु हुन सक्छ । यो कुरा थाहा पाउँदापाउँदै पनि नेपाली युवाहरू जीउ–ज्यानको बाजी लगाएर रोजगारका लागि युद्धभूमिमा जानु र युद्धभूमिलाई रोजगारको सुरक्षित स्थल देख्नु आफैंमा उदेकलाग्दो विषय हो । चरम निराशाको द्योतक हो ।

रोजगारका लागि विदेश पलायन हुन थालेका नेपाली युवाहरूलाई रोक्न तथा उच्च जोखिम भएका स्थान (देश) हरूमा जान नदिन सर्वप्रथम उनीहरूमा आशाको सञ्चार गर्न आवश्यक छ । उनीहरूलाई निराशाको भुमरीबाट बाहिर ल्याउन आवश्यक छ । युवाहरूमा आशा सञ्चार गराउने कार्य सरकार र समाज दुवैथरीले गर्नु आवश्यक छ ।

अब प्रसङ्ग बदलौं । रोजगारसम्बन्धी हाम्रो समाजमा व्याप्त दुई धारणाबारे चर्चा गरौं । पहिलो धारणा– वैदेशिक रोजगार सरल र अति लाफदायक हुन्छ । दोस्रो धारणा–रोजगार सृजना गर्ने कार्य केवल सरकारको हो ।

रोजगारसम्बन्धी हाम्रो समाजमा व्याप्त यी दुवै धारणा गलत छन् । कसरी ? केही अपवादलाई छाडेर कुरा गर्ने हो भने वैदेशिक रोजगार सरल हुँदैन, सुरक्षित हुँदैन । कुनै पनि देशको सरकारले सरल र सुरक्षित किसिमको काम पहिले आप्mनो नागरिकलाई उपलब्ध गराउँछ । कठिन, असुरक्षित, उच्च जोखिम भएका काम गराउन विदेशी कामदारहरूलाई देशमा आउन अनुमति दिन्छ वा ल्याउँछ । उदाहरणका लागि, वल्र्ड कप–२०२२ का निम्ति कतारमा स्टेडियम निर्माण गर्दा वा तत्सम्बन्धी कार्य गर्दा ६,५०० विदेशी कामदारको मृत्यु भएको थियो । मृत्यु हुनेमा भारत, पाकिस्तान, नेपाल, बङ्गलादेश र श्रीलङ्कका नागरिक थिए । माथिको तथ्याङ्कबाट स्पष्ट हुन्छ वैदेशिक रोजगार सुरक्षित र सरल हुँदैन भन्ने यथार्थ ।

विदेशमा राम्रो पारिश्रमिक पाइन्छ भन्ने हल्ला पनि पूर्ण सत्य होइन । कुनै पनि देशको सरकारले राम्रो तलब, सुविधा सर्वप्रथम आप्mनो देशको नागरिकलाई उपलब्ध गराउँछ । विदेशी कामदारलाई कम सुविधा र पारिश्रिमिक दिएर आप्mनो देशमा भिœयाउँछ ।

अब दोस्रो गलत धारणाबारे कुरा गरौं । नेपालमा व्याप्त धारणा ‘रोजगार सरकारले सृजना गर्ने हो’ । यो पूर्णतया गलत हो । कुनै पनि देशमा रोजगार समाजले सृजना गर्ने हो । सरकारले रोजगार सृजना हुने वातावारण तयार पारिदिने हो । नियम, कानून निर्माण गरेर व्यापार स्थापना र सञ्चालन गर्न सजिलो पारिदिने हो । सरकार केवल सहजकर्ता हो । रोजगार, कुनै पनि समाज भित्र रहेका व्यवसायीहरूले सृजना गर्ने हो। उदाहरणका लागि वीरगंजका युवाहरूको लागि रोजगार सृजना गर्ने दायित्व वीरगंजका व्यवसायीहरूको हो । लगानीकार्ताहरूको हो । व्यापारीहरूको हो । उद्योगपतिहरूको हो । यी पक्ष प्रमुख जिम्मेवार हुन् वीरगंजमा रोजगार सृजना गर्नका लगि । सरकारले केवल नैतिक दायित्व मात्र बोक्ने हो ।

रोजगार सृजना गर्ने दायित्व केवल सरकारको हो भन्ने गलत धारणा हाम्रो समाजमा व्याप्त रहेसम्म देशमा पर्याप्त मात्रामा रोजगार सृजना हुन सक्तैन । यो धारणामा तत्काल परिवर्तन ल्याउन आवश्यक छ ।

समाजमा रोजगार सृजना गर्ने दायित्व प्रत्येक नागरिकको हो भन्ने भावना जनजनमा पु¥याउन आवश्यक छ । यस्तो भए मात्र पर्याप्त मात्रामा रोजगार सृजना गर्न सकिन्छ । युवाहरूलाई रोजगारका लागि विदेश पलायन हुनबाट रोक्न सकिन्छ ।

कुनै एक व्यक्ति वा कुनै एक उद्यमी (Entrepreneur) ले जब एउटा व्यवसाय (रेस्टुरा) स्थापना गर्छ तब उसको त्यो कार्यबवाट तत्काल रोजगार सृजना हुन्छ । उसको त्यो व्यवसायमा दुईचार जनाले रोजगार पाउन सक्छन् । यसरी एउटा सामान्य व्यक्ति, एउटा उद्यमीको प्रयासबाट पनि समाजमा रोजगार सृजना हुन सक्छ ।

यसरी एक व्यक्तिले मात्र पनि, आप्mनो एउटा सामान्य क्रियाकलापबाट पनि, रोजगार सृजना गर्न सक्छस रोजगार सृजना गर्ने आप्mनो सामाजिक दायित्व पूरा गर्न सक्छ । यो भावना हामीले प्रत्येक व्यक्तिमा पु¥याउन आवश्यक छ । र सोही भावन अनुरूप क्रिया गराउन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here