रेसुङ्गा (गुल्मी), ४ माघ/रासस
गुल्मीकी मनीषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छन् । धुर्काेट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समयावधिमा परीक्षा उत्तीर्ण गरेकी हुन् ।
उनले कोशी प्रदेश अन्तर्गत स्वास्थ्य सेवातर्पm चौथो तह, लुम्बिनी प्रदेश अन्तर्गत स्वास्थ्य सेवातर्पm सहायक चौथो तह, लुम्बिनी प्रदेश अन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्पm सहायक चौथो तह, बाग्मती प्रदेश अन्तर्गत स्वास्थ्य सेवातर्पm पाँचौं तह र सङ्घीय लोकसेवा आयोग अन्तर्गत स्वास्थ्य सेवातर्पm पाँचौं तह उत्तीर्ण गरेकी छन् ।
उनले भनिन्, “सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो । छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करीब पाँच वर्ष करार सेवामा काम गरें ।” परिश्रमका कारण आफूलाई सफलता मिलेको उनले बताइन् । उनले एक महीना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल भएकोे जानकारी दिइन् ।
“स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्काे लाग्छ,” उनले भनिन्, “रुचि र इच्छा भयो भने नेपालमैं सम्भव छ, विदेशमा कामलाई खर्चिने समय नेपालमैं खर्चिएमा सफल हुन सहज छ ।”
उनले पढाइमा सहयोग गर्ने परिवारका सबै सदस्यलाई धन्यवाद दिइन् ।
उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा उत्तीर्ण गरेकी हुन् । यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्काेट प्राथमिक स्वास्थ्य केन्द्रमा दुर्ई वर्ष काम गरिन् । उनले माध्यमिक शिक्षा परीक्षा गाउँकै निनयुखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी हुन् । उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययन पनि गर्छिन् ।