जीतलाल श्रेष्ठ, निजगढ, २७ पुुस/
वृद्धवृद्धाहरूको पुरानो नागरिक चल्दैन भन्ने अफवाह फैल्याएपछि इलाका प्रशासन कार्यालय, सिमरामा नागरिकता लिनेहरूको भीड बढेको पाइएको छ । जीतपुर–सिमराका केही वडामा यस्ता बेतुुक हल्ला फैलिएपछि वृद्ध भत्ता, अशक्त भत्ता लिन नपाउने, राष्ट्रिय परिचयपत्र नबने हो कि भन्ने चिन्ता र त्रासले केही महीनादेखि नागरिकता लिने वृद्धवृद्धाहरूको सङ्ख्या ह्वात्तै बढेको इलाका प्रशासन कार्यालय, सिमराले जनाएको छ ।

यस्ता अफवाह फैल्याएर वृद्धवृद्धालाई अनावश्यक दुुःख दिएको कारण भन्न सकिने अवस्था नरहे पनि आप्mनो कार्यकालमा नागरिकताको प्रतिलिपि बनाउन वडा कार्यालयबाट सिफारिश दिन पाउँदा आउँदो निर्वाचनमा भोट सुुरक्षित हुुने मनसायले अफवाह फैल्याएको हुुन सक्ने देखिएको छ । नागरिकतामा केरमेट, अक्षर, अङ्क स्पष्ट नभएको, पानी वा पसिनाले भिजेर झुत्रो भएको, हराएको अवस्थामा जोसुकैले नागरिकता प्रतिलिपि लिनुपर्ने हुन्छ । तर अनावश्यक अफवाह फैल्याएर कार्यालयमा भीड हुने अवस्था सिर्जना गर्नु अनुचित रहेको इलाका प्रशासन कार्यालय, सिमराका प्रमुुख ध्रुुव गिरीले बताए ।

पुुस मसान्तभित्र राष्ट्रिय परिचयपत्र नबनाए वृद्ध भत्ता नपाइने हल्ला गैरकानूनी भन्दै वृद्ध भत्ता पाउँदै आएका जोकोहीले पाइरहने प्रमुुख गिरीले बताए । “वृद्ध भत्ताका लागि नयाँ दर्ता हुनेहरूले राष्ट्रिय परिचयपत्र नम्बर राख्ने मात्रै भनिएको हो¥–उनले प्रस्ट्याए । त्यसैगरी स्टिकर नभएको नागरिकता चल्दैन । श्री ५ को सरकार लेखिएको नागरिकता पनि चल्दैन भन्ने पनि हल्ला चलेकोले प्रतिलिपि लिन गाउँ नै उल्टिएर आएको इलाका प्रशासनका प्रमुुख गिरीले भने ।

श्री ५ को सरकार लेखिएको नागरिकता खारेज गर्ने अधिकार संविधानले अहिलेसम्म कुुनै निकाय र कसैलाई नदेखिएको उनले बताए ।

“नेपाल सरकारले २०५८ सालदेखि मात्र नागरिकतामा स्टीकर टाँस्न शुरू गरेको हो । स्टीकर नहुँदैमा नागरिकता नचल्ने हुँदैन, मुुख्य कुुरा नागरिकता आधिकारिक हो कि होइन, त्यो महत्वपूर्ण हो”–प्रमुख गिरीले भने । नागरिकतामा फोटो, अक्षर, अङ्कहरू प्रस्ट देखिएपछि राष्ट्रिय परिचयपत्र बनाउन कुुनै कानूनी बाधा नहुुनेसमेत उनले प्रस्ट्याए । यसरी अनावश्यक हल्ला फैल्याएर वृद्धवृद्धा वा अन्य नागरिकहरूलाई अनाहक दुुःख दिने जनप्रतिनिधि होस् वा अन्य कोही कानूनी कारबाईको हकदार हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here