प्रस, परवानीपुर, २७ पुस/
नेपाल राहत शिक्षक सङ्घर्ष समिति, बाराको आयोजनामा कलैयामा समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

पारित हुन लागेको सङ्घीय शिक्षा ऐनमा राहत शिक्षकहरूको हक अधिकार सुनिश्चित गर्नको लागि दफावार छलफलमा अधिकतम हक अधिकारको लागि सम्बोधन गराउन दबाब दिन सो समीक्षा कार्यक्रम केन्द्रित रह्यो । शिक्षक नेताहरूले प्रतिनिधिसभामा आआफ्नो क्षेत्रका प्रतिनिधिसभा सदस्यमार्फत राहत शिक्षकहरूको सम्मानजनक समायोजन अथवा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने प्रक्रियागत सुनिश्चितता खोज्न दबाब दिन खोजेका थिए ।

समीक्षा कार्यक्रममा काठमाडौंमा भएको पछिल्लो शिक्षक आन्दोलनको बेला नेपाल राहत शिक्ष्Fक सङ्घर्ष केन्द्रीय समितिसँग नेपाल सरकारले गरेको सम्झौताका बुँदाहरू पनि पालना गरेर सङ्घीय शिक्षा ऐनमा व्यवस्था गर्नुपर्ने दबाव दिनुपर्ने निर्णयसमेत भएको जनाइएको छ ।

नेपाल राहत शिक्षक सङ्घर्ष समिति बाराका अध्यक्ष श्यामबाबूप्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहउपाध्यक्ष कृपानारायण यादव, सचिव हेतनारायण चौधरी, पूर्व जिल्ला अध्यक्ष सुभाषप्रसाद यादव, केन्द्रीय सदस्य विनोद पासवान, राहत शिक्षक कलैया समितिका अध्यक्ष आनन्द तिवारी, विश्रामपुर गाउँपालिकाका अध्यक्ष दीपकप्रसाद यादव, जिल्लाभरिका राहत शिक्षकहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here