सन् २०२३ मा चीन–रूस व्यापारमा वृद्धि

0
32

बेइजिङ, २७ पुस/एएफपी
चीन र रूसबीचको व्यापार सन् २०२३ मा उच्च बिन्दुमा पुगेको बेइजिड्ढो आधिकारिक तथ्याङ्कले शुक्रवार देखाएको छ । भूराजनीतिक तनावका कारण चीनको संयुक्त राज्य अमेरिकासँग व्यापारमा चार वर्षमा पहिलोपटक गिरावट आएको छ ।

चीन र रूसबीच व्यापार २४० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको चिनियाँ भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

सन् २०२२ मा मस्कोले युक्रेनमाथि गरेको आक्रमणपछि राजनीतिक र आर्थिकरूपमा नजीकिएका यी दुर्ई मुलुकका लागि यो आँकडा ऐतिहासिक हो ।

तथ्याङ्क अनुसार व्यापारको आँकडाले वार्षिकरूपमा २६.३ प्रतिशतको वृद्धिलाई प्रतिनिधित्व गर्दछ । चीनले युक्रेन युद्धबारे मस्कोको आक्रमणको आलोचना गर्न अस्वीकार गरेको छ । चीन आपूm तटस्थ रहेको दाबी गर्दै आएको युक्रेन युद्धबारे चिनियाँ अडानलाई लिएर बेइजिङले पश्चिमा देशहरूबाट आलोचना खेप्दै आएको छ ।

सन् २०१९ पछि पहिलोपटक अमेरिका र चीनबीचको व्यापारमा गिरावट आएको छ । सन् २०२२ को तुलनामा गत वर्ष अमेरिकासँगको व्यापार ११.६ प्रतिशतले घटेर ६६४ अर्ब अमेरिकी डलर पुगेको थियो ।

सामान्य भन्सार प्रशासनका उपमन्त्री वाङ लिङ्जुनले पत्रकार सम्मेलनमा बोल्दै सन् २०२४ मा व्यापारमा थप अवरोध आउने बताए ।

“बाह्य वातावरणको जटिलता, गम्भीरता र अनिश्चितता बढ्दो छ, र हामीले कठिनाईहरू पार गर्न र विदेशी व्यापारको वृद्धिलाई थप बढावा दिन थप प्रयास गर्न आवश्यक छ”–उनले भने ।

सन् २०१६ पछि चीनको निर्यात ४.६ प्रतिशतले घटेको छ भने आयात ५.५ प्रतिशतले घटेको छ ।
शुक्रवार पनि घरेलु मोर्चामा निराशाजनक आर्थिक आँकडाहरू देखा परेका छन् । राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबिएस) को तथ्याङ्कले चीनमा गिरावट डिसेम्बरमा लगातार तेस्रो महीना जारी रहेको देखाउँछ ।

उपभोक्ता मूल्य सूचकाङ्क (सिपिआई) मा अघिल्लो वर्षको अन्तिम तीन महीनाको तुलनामा ०.३ प्रतिशतले कमी आएको छ ।

गत वर्ष जुलाईमा चीन सन् २०२१ पछि पहिलोपटक मुद्रास्फीतिको समस्यामा फसेको थियो तर यसमा अगस्तदेखि नै सुधार देखिएको सेप्टेम्बरदेखि नै मूल्यमा निरन्तर गिरावट आएको छ । ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले नोभेम्बरमा ०.५ प्रतिशतले घटेको मुद्रास्फीतिमा गत महीना ०.४ प्रतिशतले गिरावट आउने अनुमान गरेका थिए ।

अपस्फीतिले वस्तुहरू सस्ता थिए भन्ने सुझाव दिन्छ र बृहत् अर्थ व्यवस्थाको लागि खतरा उत्पन्न गर्दछ किनकि उपभोक्ताहरू थप कटौतीको आशामा खरीद स्थगित गर्छन् ।

मागको कमीले कम्पनीहरूलाई उत्पादन कटौती गर्न, रोजगारी भर्ना रोक्न वा कामदारहरूलाई हटाउन बाध्य पार्न सक्छ । यसका कारण लागतहरू समान हुँदाहुँदै पनि लाभप्रदतालाई कम गर्न विद्यमान स्टकहरूमा छुट दिन पनि बाध्य हुन सक्छ ।

तुलनात्मकरूपमा हेर्दा डिसेम्बरमा अमेरिकामा मुद्रास्फीति ३.४ प्रतिशत रहेको छ ।

सन् २०२३ मा चीनमा मुद्रास्फीति औसतमा ०.२ प्रतिशतले बढेको छ । अन्य प्रमुख अर्थ व्यवस्थाहरूको तुलनामा चीनमा फेरि एकपटक मूल्य वृद्धि भएको छ ।

एनबिएसका अनुसार उत्पादकको मूल्यमा २.७ प्रतिशतले गिरावट आएको छ, जुन लगातार १५ औं महीना हो ।

नोभेम्बरमा तीन प्रतिशतले घटेको उत्पादक मूल्य सूचकाङ्क (पिपिआई) ले कारखानाहरू छोड्ने सामानहरूको लागत मापन गर्दछ र अर्थ व्यवस्थाको स्वास्थ्यलाई अन्तर्दृष्टि प्रदान गर्दछ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here