प्रस, परवानीपुर, २६ पुस/
यस वर्ष चामलको मूल्य वृद्धि हुने सङ्केत देखिएको छ । भारतले गत वर्षको तुलना ८० प्रतिशत कम धान निर्यातको कोटा निर्धारण गरेको र व्यवसायीहरूले कोटाबाहेक धान महँगोमा भिœयाउनु परेको हुँदा चामलको मूल्य बढ्ने सङ्केत देखिएको हो ।

भारतले गत वर्ष नेपालको लागि छ लाख मेट्रिक टन धान निर्यात कोटा निर्धारण गरेको थियो । यस वर्ष भने ९७ हजार मे.टन मात्र निर्धारण गरेको छ ।

यसबाहेक धान ल्याउँदा व्यवसायीहरूले वीरगंज भन्सार आइसिपी भन्सारमा २० प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने हुन्छ । जसले गर्दा धानको मूल्य बढेको र यसको प्रभाव चामलमा हुने चावोसती राइस मिलका नारायण रूँगटा बताउँछन् ।

उनले अहिले बिहारबाट व्यवसायीहरूले धान भित्र्याउँदा प्रतिकिलो सोनामन्सुली रु ३८ र जीरा मसिनो रु ४८ परिरहेको बताए । सोना मन्सुली धान पर्सा जिल्लाका किसानहरूसँग व्यवसायीहरूले कात्तिकदेखि मङ्सिरमा प्रतिकिलो रु २५ देखि ३५ मा खरीद गरेका थिए । अहिले यही धानको मूल्य भारतबाट भित्र्याउँदा रु ३८ परिरहेको छ ।

आइसिपीबाट अहिले सयभन्दा बढी धान लोड गाडी व्यवसायीहरूले भित्र्याएका छन् । चामलको अभाव हुने सङ्केत पाएर व्यवसायीहरूले महँगोमा भारतको बिहारबाट धान भित्र्याएर सञ्चय गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here