प्रस, वीरगंज, २६ पुस/
भारत, अयोध्यामा नवनिर्मित राममन्दिरको उद्घाटनमा पूजापाठको लागि वीरगंजका युवा समूह पैदल यात्रामा निस्केको छ ।

राष्ट्रिय बजरङ्ग दल पर्साका ११ जना युवाको टोली बिहीवार बिहान वीरगंजबाट पैदल अयोध्या यात्रामा निस्केको हो ।

माघ ८ गते भगवान रामको मूर्ति प्राण प्रतिष्ठासँगै उद्घाटन हुँदैछ । वीरगंजबाट अयोध्याको दूरी ३५० किलोमिटर रहेको र १० दिनभित्र उनीहरू अयोध्याको राम मन्दिर पुग्ने बताइन्छ ।

बजरङ्ग दलका युवाहरूलाई वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले माईस्थानस्थित गहवामाई मन्दिर परिसरमा माला र खादा लगाएर बिदाई गरेका थिए । वीरगंजबाट भगवान् रामका लागि धातुको धनुष–वाणलगायत कोसेली लिएर हिंडेको टोली बिहार र उत्तर प्रदेशका विभिन्न शहरको पैदल यात्रा गर्दै १० दिनमा राम जन्मभूमि अयोध्यामा पुग्ने लक्ष्य रहेको मुन्ना साह कानूले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here