प्रस, वीरगंज, २५ मङ्सिर/
जनपत्रकार महासङ्घका अध्यक्ष शेरबहादुर विश्वकर्माले नेपाली पत्रकारिताबाट पछिल्लो समयमा जनताको विश्वास गुम्दै गएको बताएका छन् ।
जनपत्रकार महासङ्घ मधेस प्रदेशले नेपाल पत्रकार महासङ्घ पर्साको सभाहलमा सोमवार आयोजना गरेको विद्यमान परिस्थिति नेपालका सञ्चारमाध्यम र आगामी विकासको बाटो विषयक अन्तक्र्रियामा अध्यक्ष विश्वकर्माले नेपालमा मिडियाहरूको सङ्ख्या बढे तापनि सर्वसाधारणको भने विश्वास मिडियाबाट गुमिरहेको बताए । उनले अहिलेको अवस्था पञ्चायतकाल जस्तो समाचार लेखेकै आधारमा जेल जानुपर्ने नभएको र संविधानले पनि प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको भएपनि अहिलेको मिडियाप्रति जनविश्वास गुम्दै गएको बताए । उनले पत्रकारिताले अहिले सीमा नाघ्ने कार्य गरिरहेको र यसप्र्रति चिन्तित हुन जरुरी भएको बताए ।
जनपत्रकार महासङ्घ मधेस प्रदेशका संयोजक सुदर्शनराज पाण्डेको अध्यक्षतामा भएको अन्तक्र्रियामा वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपाली, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछाने, महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी, प्रेस सङ्गठनका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, जनपत्रकार महासङ्घका विनोद काफ्लेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।