प्रस, निजगढ, २३ मङ्सिर/
पछिल्लो समय नयाँ तरीका अपनाइ गोलिया चोरी तस्करी गर्ने गरेको रौतहटको वन क्षेत्रमा देखिएको छ । काठ चोर तस्कर समूहले दुईवटा साइकलको प्रयोग गरी बडेमानको हरियो सालको गोलिया साइकलबीचमा राखी वन क्षेत्रबाट पेशेवर शैलीमा चोरी तस्करी गर्ने गरेको रहस्य खुुलेपछि वन सुुरक्षामा खट्ने वन कर्मचारी र वन अधिकृतहरूलाई यस घटनाले थप चिन्तित बनाएको छ ।

डिभिजन वन कार्यालय, रौतहट अन्तर्गतका वृन्दावन सबडिभिजन कार्यालय मातहतको चेतनगर वन सुुरक्षा पोस्टका वन कर्मचारीहरूले काठ चोर तस्कर समूहका नयाँ तरीका पत्ता लगाउन सफलता पाएका हुुन् । यही मङ्सिर २० गते बुधवार बिहान करीब ५ः३० बजे गस्ती गर्ने क्रममा चारवटा साइकलमा दुुइवटा हरियो बडेमानको सालको गोलिया नियन्त्रणमा लिन सफल भएपछि तराई–मधेसको वन सुुरक्षाको जिम्मेवारी लिएर बसेका वन कर्मचारीहरूलाई यस घटनाले नराम्ररी झस्काइदिएको छ ।

सामान्य साइकलको प्रयोगबाट टायरगाडा, ट्याक्टर, भ्यान, जीप, बोलेरो जीपमा मात्र लोड गरी लैजान सक्ने आकारको गोलिया सहजै दुईवटा साइकलमा लोड गरी चोरी तस्करी गर्न सक्छन् भन्ने रौतहटको पछिल्लो यस घटनाले पुुष्टि गरेको छ ।

यस तरीकाबाट धेरै मोटाइका गोलिया चोरी तस्करी गर्न थालेसँगै वनजङ्गल संरक्षणमा जुुट्दै आइरहेका रौतहटका अधिकांश वन कर्मचारी, वन सुुरक्षाकर्मीलाई थप चिन्ता बढाइदिएको वन कर्मचारीहरू बताउँछन् । एउटा साइकलमा गोलिया चोरी तस्करी गर्ने र साइकलको फ्रेमलाई परिमार्जन गरी होन्डा साइकल प्रयोग गर्दै आइरहेका कैयौं घटना तराई–मधेसका समग्र जिल्लामा हुने गरेको पाइए पनि अहिले दुुईवटा साइकल प्रयोग गरी एक थान चाहेजति मोटाइको गोलिया चोरी तस्करी गर्ने नयाँ तरीका काठ चोर तस्करहरूले अपनाएको फेला परेको डिभिजन वन कार्यालय, रौतहटका प्रमुख एवं डिएफओ शैलेन्द्र मिश्रले बताए ।

“यस घटनाले झनै हामीलाई झस्काइदिएको छ । अब हामी पनि नयाँ रणनीतिका साथ अघि बढ्ने योजना शुुरू गरिसकेका छौं,” डिएफओ मिश्रले भने ।

“यो नयाँ तरीकाले वन क्षेत्रमा प्रवेश गर्ने हरेक साइकललाई अब कडाइका साथ निगरानी गर्नुुपर्ने देखिन्छ । विनाइजाजत वन क्षेत्रमा प्रवेश गर्ने साइकललाई सामान्य आँखाले हेर्नुभएन,” उनले भने । “दुुईवटा साइकलमा अँगालोभरिभन्दा पनि बढी मोटाइका गोलिया लोड गरी चोर तस्करले सहजै गन्तव्यतर्फ लैजान सक्ने यस घटनाले प्रमाणित गरिदियो । जसले गर्दा वन कर्मचारी, वन सुरक्षाकर्मीहरूलाई वन सुुरक्षाका लागि थप चिन्ता र चुुनौती थपियो,” डिएफओ मिश्रले भने ।

वन सुुरक्षाका लागि खटिएका सीमित जनशक्तिले भ्याएसम्म वनमा हुुने गरेका चोरी तस्करी, अतिक्रमण रोकेका छन् । कहिलेकाहीं रातबिरात चोर तस्करले वन कर्मचारीहरूलाई झुक्याउँदै आफ्नो मकसद पूरा गर्न सक्छन् । तर ठाउँठाउँमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुुसन्धानका कर्मचारीहरू पनि खटिरहेका हुुन्छन् । तर पनि काठ चोर तस्कर गिरोहले सहजै निर्बाधरूपमा यस्ता नाकाहरू पार गर्दै गोलिया लैजाने गरेका स्थानीय प्रत्यक्षदर्शीहरू बताउँछन् । “नाकाका प्रहरीहरू मिलेर त होलान् । पेशेवर चोर तस्कर समूुहले प्रायः गोलिया सहजै नाका कटाउँछन् । हामीले उनीहरूका विरुद्ध अवरोध वा केही भन्यो भने ज्यानैसमेत लिन सक्छन् । टुलुटुलु हेर्नुुबाहेक अर्को विकल्प हुन्न,” रौतहट चेतनगर र बलरी आसपासका केही स्थानीयहरू भन्छन् ।

“हेर्दाहेर्दै वनजङ्गल विनाश भयो । काठ चोर्नेहरू वर्षौंदेखि चोर्दै आइरहन्छन् । कोही पक्राउ पर्छन् । केही महीनापछि निस्कन्छन् । फेरि उही काममा फर्कन्छन्,” बलरीका एक युुवकले भने । यस्ता घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरे पनि थोरै धरौटीमा छोडिने र वन ऐन कानूनी व्यवस्थालाई कडाइका साथ वन कर्मचारीहरूले कार्यान्वयन गर्न नसक्दा तराई–मधेसका वनमा पाइने साल, सिसौं, सतिसाल तस्करहरूको तारो बन्दै थोरै समयमा मनग्य आर्थिक लाभ लिने थलो बन्दै आएको देखिन्छ । काठ चोर तस्कर, वन अतिक्रमणमा संलग्न अभियुुक्तहरूलाई वन कर्मचारीले पक्राउ गर्नासाथ गाउँपालिका, नगरपालिका, प्रदेश, सङ्घीय स्तरका नेताहरूको फोन आउने गरेको मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरीका डिभिजन वन कार्यालयका प्रमुख एवं डिएफओहरू बताउँछन् ।

कसरी वनजङ्गलको संरक्षण गर्ने भन्नेतर्फ नेताहरूको चिन्ता चासो छैन । मेरो मान्छे छोडिदिनुुप¥यो वा मिलाइजुुलाइ गरी कम दण्ड जरिवाना हुनेगरी मुद्दा दायर गरी सहयोग गरिदिनुहोला भन्ने जस्ता दबाब नेताहरूको आउने गरेको अधिकांश वन अधिकृत बताउँछन् । यदि वन अधिकृतहरूले नमाने सीधैं अदालतका न्यायाधीश र सरकारी वकीलहरूसँग साँठगाँठ, भनसुन गरी मुद्दा फितलो गर्दै वन कर्मचारीहरूको मनोबल खस्काउने कार्य गर्ने गरेका विभिन्न जिल्लाका कैयौं घटनाले देखाएका छन् ।

एकातिर वन क्षेत्रको सुुरक्षा गर्नुु वन कर्मचारीहरूको प्रमुख जिम्मेवारी हो भने, यसरी नाका–नाकामा खटिएका प्रहरीहरूको पनि नियन्त्रण गर्ने दायित्व हो । त्यसमाथि झनै सचेत स्थानीयहरूले वन कर्मचारीलाई बेलैमा सूचना दिई यस्ता गैरकानूनी कार्यलाई निरुत्साहित गर्दै रोक्ने नागरिकको कर्तव्य पनि हो । तर यसतर्फ कसैको ध्यान गएको पाइँदैन । जुन वन क्षेत्र संरक्षणका लागि विडम्बना हो ।

नयाँ तरीका प्रयोगमा ल्याइएका साइकलमा रिक्शाको चक्का प्रयोग गरिएको रौतहट घटनाले देखाएको छ । एउटा मात्रै साइकलको प्रयोगबाट गोलिया तस्करी गर्दा साइकलबीचको फ्रेमको भागलाई परिमार्जन गरी गोलाइ आकार बनाइन्थ्यो, तर यो पछिल्लो काठ चोर तस्करले अपनाएका साइकल टाढाबाट हेर्दा सामान्य देखिए पनि यसमा प्रयोग हुने हरेक पाटपुर्जालाई नियाल्नुपर्ने देखिएको छ ।

यसरी गोलिया चोरी तस्करीमा प्रयोग भई नियन्त्रणमा लिइएका चारवटा साइकलमध्ये दुुईवटा साइकलमा लोड गरिएका गोलिया १२.१५ क्युफिट र अर्कोमा ९.९१ क्युफिट परिमाणको रहेको डिभिजन वन कार्यालय, रौतहटका वन अधिकृत मधुुकान्त सिंहले बताए । जसको हालको बजार मूल्य एक लाख १० हजारभन्दा बढी रहेको वन कार्यालयले जनाएको छ ।

यो नयाँ तरीकामा गोलियाको माथि बसी एकजनाले साइकलको हेन्डललाई नियन्त्रण गर्ने, उक्त साइकलको दायाँ/बायाँ दुुईजना र पछाडिबाट एक वा दुुईजनाले धकेल्दा साइकलमा गोलिया लोड गरी गन्तव्यमा सहजै लैजान सकिने देखिन्छ । यसबाट सहजै अनुमान लगाउन सकिन्छ कि अझै चोर तस्करले आवश्यकता अनुुसार थप जनशक्ति प्रयोग गरी आफूले चाहेजति मोटाइको गोलिया वनजङ्गल क्षेत्रबाट चोरी तस्करी गर्न सक्ने देखिन्छ । तर बढीमा १० फिटदेखि १२ फिट लम्बाइसम्मको एक थान गोलिया उक्त तरीकाको दुईवटा साइकल प्रयोग गरी सहजै चोरी तस्करी गर्ने गरेको देखिन्छ ।

पूूर्व–पश्चिम महेन्द्र राजमार्गदेखि लगभग दुई किलोमिटर दक्षिण र निर्माणाधीन पूर्व–पश्चिम विद्युतीय रेलमार्गदेखि करीब डेढ किलोमिटर उत्तरतर्फको वन क्षेत्रमा रहेको ठाडो हरियो रूख ढालेर सोको गोलिया ल्याइएको हुुन सक्ने उक्त गोलिया पक्राउ गर्ने वृन्दावन वन सुुरक्षा पोस्टका वनरक्षक विजयबहादुर श्रेष्ठ र प्रमोद न्यौपाने बताउँछन् ।

बुुधवार बिहान मोटरसाइकलमा गस्ती गर्ने क्रममा साइकलको ताजा लिङ्क देखेपछि पच्छ्याउँदै जाने क्रममा झाडीमा चारवटा साइकलमा दुुई थान बडेमानको सालको हरियो गोलिया लोड अवस्थामा नै झाडीमा लुुकाइएका रहेछन् । गोलिया फेला परेको स्थान वृन्दावन वन सुुरक्षा पोस्टदेखि करीब चार किलोमिटर उत्तरतर्फ पर्छ । थप वन सुुरक्षाकर्मी परिचालन गरी रूख काटिएको ठुटा पत्ता लाउने र संलग्न चोर तस्कर समूह पहिचान गरी कानूनी दायरामा ल्याउने डिवका, रौतहटले जनाएको छ ।

गस्तीमा रहेको मोटरसाइकलको लाइटको उज्यालो वा आवाज थाहा पाएर काठ चोर तस्कर समूह फरार भएको वृन्दावन वन सुुरक्षा पोस्टका वनरक्षक श्रेष्ठ र न्यौपानेले बताए । कहिलेकाहीं फाट्टफुट्ट वनगस्ती टोलीलाई झुक्याउँदै एउटा साइकल, मोटरसाइकलमा गोलिया चोरी तस्करी हुने गरेको पाइए पनि अहिले फेला परेको नयाँ तरीकाले पिकअप भ्यान, बलेरो जीप, टायरगाडा, ट्याक्टरमा लैजान सक्ने गोलियाहरू यसरी दुुई वा दुुईभन्दा बढी साइकलको प्रयोग गरी चोरी तस्करी गर्न सकिने रहस्य खुलेको रौतहटका वन अधिकृतहरू बताउँछन् ।

अब यस्ता प्रकृतिका साइकल वनजङ्गल क्षेत्रमा प्रवेश गर्ने बित्तिकै नियन्त्रणमा लिनुको अर्को विकल्प नदेखिएको वन सुुरक्षाकर्मीहरू भन्छन् ।

यस्ता तरीकाबाट बाराको वन क्षेत्रबाट पनि गोलिया चोरी तस्करी हुन सक्नेप्रति डिभिजन वन कार्यालय, बारा मातहतका वन सुुरक्षाकर्मीहरूलाई सजग गराइएको डिभिजनल वन अधिकृत विनोद सिंहले बताए । पछिल्लो समय वन सुुरक्षामा निकै चुुनौती थपिएको उनले बताए । त्यसैगरी, सर्लाहीको वन क्षेत्रमा यो तरीकाबाट काठ चोरी तस्करी हुन सक्ने घटनाप्रति वन कर्मचारीहरू सचेत र सजग भएको डिभिजन वन कार्यालय, सर्लाहीका डिभिजनल वन अधिकृत मन्जुुर अहमदले बताए ।

वनजङ्गल क्षेत्रको संरक्षणमा सबैले सकारात्मक सोचका साथ अघि बढ्न ढिलाइ गर्दै जाने हो भने, मधेस प्रदेशका वनजङ्गलको विनाश भयावह हुने र यसले वातावरण, जैविक विविधतामा नराम्ररी खलल पारी पानीका स्रोतसमेत गुम्ने खतरा बढेको विज्ञहरूले भन्दै आइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here