विश्व मानव अधिकार दिवस

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, २४ मङ्सिर/
डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवस वीरगंजमा मनाइएको छ । वीरगंजका दुईवटा गैरसरकारी संस्थाले यो दिवस मनाएका छन् ।

राष्ट्रिय मानव अधिकार तथा भ्रष्टाचार नियन्त्रण नेपाल र एमनेस्टी इन्टरनेशनल नेपालले संयुक्तरूपमा मैनबत्ती जुलूस निकाली घण्टाघरमा दीप प्रज्वलन गरी दिवस मनाएका थिए । आदर्शनगर कैलाश चोकबाट शुरू भएको मैनबत्ती जुलूस साँझ ६ बजे घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।

एमनेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष प्रकाश बाहितीको अध्यक्षता र राष्ट्रिय मानव अधिकार तथा भ्रष्टाचार नियन्त्रण नेपालका अध्यक्ष सुनील चौधरीको सहजीकरणमा सम्पन्न कार्यक्रममा सङ्गीता पटेल, रजनीश झा, सरोज पटेल, सङ्गीता ठाकुर, अजय पटेल, बृजेश अग्रवाल, कमलेश जैन, राजेश जैन र लिटर एन्जल्स स्कूलका छात्रछात्राहरूको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस