• श्रीमन्नारायण

वैदेशिक लगानीविना कुनै पनि देशको आर्थिक विकास सम्भव छैन । विगतका दिनमा राजनीतिक अस्थिरता, बन्द, हडताल र चन्दा–आतङ्क, मजदूर समस्या, नियम कानूनमा अस्थिरता आदिका कारण वैदेशिक लगानी भित्रन सकेन । अब देशमा राजनीतिक स्थिरता छ, मजदूर समस्या छैन, तर काम नपाएर नेपालीहरू विदेश गइरहेका छन् । सरकारले लगानीमैत्री कानून र वातावरण निर्माण गरेको छ । विगतमा पनि लगानी सम्मेलन भएकै हो तर पनि वैदेशिक लगानीकर्ताहरूको विश्वास जित्ने काम किन हुन सकेन ? आउँदो नयाँ वर्षको हिलो महीनामा नै लगानी सम्मेलन आयोजना गरिंदैछ । यसको उद्देश्य पक्कै पनि वैदेशिक लगानी भिœयाउनु हो, तर जबसम्म नेपालमा वैदेशिक लगानीको रङ हेर्ने काम हुनेछ, तबसम्म देशले आर्थिक प्रगति गर्न सक्ने छैन, न वैदेशिक लगानी नै भित्रने छ ।

देशका अर्थशास्त्रीहरूका अनुसार नेपालमा सरकारी प्रक्रियामा झन्झट र विश्वासमा आएको कमीका कारण विदेशी लगानीकर्ताहरू आकर्षित हुन नसकेका हुन् । हामीले वैदेशिक लगानी भिœयाउन आवश्यक पूर्वाधार निर्माण तथा लगानीमैत्री वातावरण निर्माण गर्नु आवश्यक छ । नेपालमा उद्योगलाई सहजीकरण गर्नेभन्दा पनि नियमन गर्ने परिपाटी बढी हावी छ । त्यसैले विदेशी तथा स्वदेशी लगानीकर्ताहरू आश्वस्त हुन सकिरहेका छैनन् । नेपालमा लगानीको गन्तव्य धेरै छ, तसर्थ यहाँ लगानी भिœयाउन हामी अझ धेरै खुला हुनुपर्छ । लगानीमैत्री वातावरण निर्माण र लगानीकर्ताको विश्वास जित्ने काम हुनुका साथै वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने तŒवहरूमाथि कारबाई गर्ने साहस सरकारले जुटाउन सक्नुपर्छ ।

नेपालका उद्योगपतिहरू आप्mनो लगानी केवल निजी बैंक, निजी विद्यालय र निजी अस्पतालमा गरिरहेका छन् । यसले खासै रोजगार सिर्जना गर्ने छैन । यसबाट उत्पादन बढ्ने छैन, न आम जनतालाई यसबाट लाभ भइरहेको छ, न सरकारलाई नै । यसले युवा र श्रमिकहरूको पलायन पनि रोक्न सकिरहेको छैन । यसले देशमा आर्थिक असमानता नै बढाएको छ । राजनीतिक दलका नेताहरू स्वयं पनि यसै कार्यमा संलग्न छन् । जुन कामलाई निरुत्साहित पार्नुपर्ने हो त्यसलाई मलजल गर्ने काम भइरहेको छ ।

उत्तरी छिमेकी चीन वामपन्थी देश भएर पनि सबैभन्दा बढी वैदेशिक लगानी भिœयाइरहेको अवस्था छ । आधुनिक चीनको विकास गाथाको प्रेरणास्रोत मानिएका देङ सियाओ पिङले लागू गरेको उदार आर्थिक नीतिकै कारण चीन अहिले विश्वको दोस्रो आर्थिक शक्ति बनेको छ । चीनले विगत साढे चार दशकदेखि आर्थिक उदारीकरणको नीति आत्मसात् गर्दै आएको छ तर नेपालका चीन समर्थक वामपन्थीहरू वैदेशिक लगानीको विरोध गरिरहेका छन् ।

विश्वको कुनै पनि देश एकैचोटी शक्तिशाली र समृद्ध बनेको छैन । मुलुकको विकासको निम्ति शासकहरूको दृढ इच्छाशक्ति, समर्पण, राष्ट्रप्रेम, इमानदारी र सतत् प्रयास आवश्यक मानिन्छ । भिजन भएको नेताले मात्रै देश र जनताको जनजीवनमा आमूल परिवर्तन ल्याउने साहसी निर्णय गर्न सक्दछ । राष्ट्र र जनतालाई सर्वोपरि ठान्ने नेताहरूबाट मात्रै यो सम्भव हुन सक्छ । नेपालभन्दा पनि गरीब एवं दासताको लामो पृष्ठभूमि बोकेका राष्ट्रहरूले पनि निकै कम समयमा उल्लेखनीय प्रगति गरेको इतिहास छ । एक्काइसौं शताब्दीमा आर्थिक प्रगति चाहने कुनै पनि राष्ट्रले वैदेशिक लगानी भिœयाउनुको विकल्प छैन ।

२०७८ असार मसान्तसम्मको तथ्याङ्क अनुसार सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी भारतबाट आएको सर्वेक्षणमा उल्लेख छ । नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये भारतबाट सबैभन्दा बढी अर्थात् ७५ अर्ब ८१ करोड र त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब, आयरल्यान्डबाट १६ अर्ब ४८ करोड, सिङ्गापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । तथ्याङ्क अनुसार कुल प्रत्यक्ष वैदेशिक लगानीमा भारतको ३३.३ प्रतिशत रहँदा चीनको हिस्सा १४.५ प्रतिशत रहेको छ ।
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्ष्Fेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्ष्Fेत्र अन्तर्गत जलविद्युत् क्ष्Fेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्ष्Fेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको छ । यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्ष्Fेत्र अन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको छ ।

वैदेशिक लगानीलाई प्रोत्साहित गर्न तदनुरूप नीति–नियमको निर्माण आवश्यक मानिन्छ । विदेशी लगानीकर्तालाई उनीहरूको अपेक्षा अनुरूप सेवा, सुविधा उपलब्ध गराउनुपर्दछ । नेपालमा केही यस्ता व्यक्ति र समूह पनि छन् जो विकासविरोधी कार्यकै लागि ख्याति कमाएका छन् । दुई देशबीच सम्झौता हुँदा, वैदेशिक लगानी भित्रिंदा वैदेशिक लगानीमा कुनै उद्योगधन्दा स्थापित हुन लाग्दा र राष्ट्रहरूले नेपाललाई आर्थिक अनुदान दिंदासमेत विरोध गर्ने गरिन्छ । विदेशी निर्माण कम्पनीले ठूला परियोजनाको काम गर्दा नानाथरिका व्यवधान खडा गरिन्छ । परियोजना निर्माण स्थलमा मजदूर उचाल्ने, जथाभावी मुआब्जाको विषय चर्काउने, फलानो देशको ठेकेदार किन काम गर्दैछ, फलानो देशको किन आएन ? भनेर समस्या नै खडा गरिन्छ । भारत र अमेरिकाको नाम सुनेपछि त्यसमा अनर्थ हुने आशङ्का गरिन्छ र आशङ्काकै भरमा सडक प्रदर्शन गरिन्छ ।

वैदेशिक लगानी नेपालजस्तो विकासोन्मुख देशका लागि आवश्यक भएको छ । विकासोन्मुख देशमा आर्थिक–सामाजिक विकासका लागि पूँजीको अभाव रहने गरेका कारण विकासको पूर्वाधार खडा गर्नका लागि सरकारले चाहिंदो मात्रामा पूँजी लगानी गर्न सक्दैन भने अर्कोतिर निजी क्ष्Fेत्रले पनि आपूmसँग भएको पूँजीलाई विकासको कार्यमा लगानी गर्न चाहँदैन । त्यसकारण देशको आर्थिक तथा सामाजिक विकासका लागि विभिन्न सहुलियत तथा सुविधा दिलाएर विदेशीहरूलाई पूँजी लगानी गराउने वातावरण सिर्जना गर्नु अति आवश्यक भएको छ ।

वैदेशिक लगानीका लागि पूँजीमात्र उपलब्ध नभई व्यवस्थापकीय क्षमता, प्रFविधिक जनशक्ति, प्रFविधिक ज्ञान, प्रशासनिक दक्षता, नयाँ उत्पादन विधि, व्यावसायिक संस्कार आदि पनि देशमा सँगै भित्रिन्छ । वैदेशिक लगानीबाट घरेलु लगानीसमेत प्रोत्साहित भई सस्तो मूल्यमा गुणस्तरयुक्त वस्तु उपभोग गर्न उपभोक्ताहरू सफल हुन्छन् । वैदेशिक लगानी प्रचुर मात्रामा देशमा भित्रिए करको माध्यमबाट सरकारले राजस्व पनि बढाउन सक्छ । खुला र उदार अर्थ व्यवस्थाको माध्यमबाट मात्र कुनै पनि देशको आर्थिक र भौतिक विकास सम्भव हुन्छ भन्ने नीतिगत मान्यता १९९० तिर स्थापित भएपछि विकासशील मुलुकहरूले विदेशी लगानी भिœयाउन ऐन–कानूनमा परिवर्तन र परिमार्जन गरे, प्रशस्त सुधार गरे अनि मात्रै विदेशी लगानीले मान्यता पायो । श्रम, सीप र कच्चा पदार्थको प्रचुरता भएको मुलुकमा वित्तीय स्रोत र प्राविधिक ज्ञानको उपयोग गर्न सके आय, रोजगार वृद्धि र साधनको सदुपयोगिताको प्रत्याभूति हुन सक्दछ । विदेशी लगानीकर्ताले अर्को राष्ट्रमा पूँजी लगानी गर्ने कार्यलाई वैदेशिक लगानी भनिन्छ ।

आर्थिक वृद्धिको दृष्टिकोणले वैदेशिक लगानीको अहम् भूमिका छ । यसबाट समग्र अर्थतन्त्र उकासिन्छ । वैदेशिक लगानी र आर्थिक वृद्धिबीच सकारात्मक सम्बन्ध छ । उच्च मात्रामा वैदेशिक लगानी भिœयाएका औद्योगिक राष्ट्रको आर्थिक वृद्धिदरले यो कुराको पुष्टि गर्दछ । नेपालको आर्थिक विकासको निम्ति र रोजगार सिर्जनाको निम्ति वैदेशिक लगानी अपरिहार्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here