२०८० मङ्सिर २१ गते बिहीवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
कल्याणपुरमा चोरीका मोटरसाइकलको बिगबिगी
प्रस, वीरगंज, २० मङ्सिर/ बाराको विश्रामपुर गाउँपालिका–१ कल्याणपुरमा चोरीका मोटरसाइकलको बिगबिगीका कारण स्थानीयहरू मारमा परेका छन् । बारा/पर्सा तथा भारतबाट चोरी भएका मोटरसाइकलहरू कल्याणपुरमा पुग्ने गरेको र सोही ठाउँबाट दैनिक खुलेआम खरीद–बिक्री हुने गरेको स्थानीयले बताएका छन् । स्थानीय सुरक्षाकर्मीलाई प्रभावमा पारी सो गाउँमा रहेका केही चोरहरूले चोरीका मोटरसाइकल चढ्ने तथा बेच्ने गरेका छन् । […]
गाँजा पाकेपछि बारा/पर्साका प्रहरीको नौटङ्की अभियान
प्रस, वीरगंज, २० मङ्सिर/ जिल्ला प्रहरी कार्यालय बारा र पर्साले केही दिनदेखि गाँजा फँडानी अभियानलाई तीव्र पारेका छन् । प्रहरीको यस कार्यलाई स्थानीयले नौटङ्कीको संज्ञा दिइरहेका छन् । गाँजा पाकेर भिœयाउने बेलामा प्रहरीले केही गाँजाखेती नष्ट गरेर नाटक गरिरहेको स्थानीयवासीले आरोप लगाएका छन् । प्रहरीले गाँजाविरुद्धको अभियान चालेको भए बेर्ना लगाउने बेलामा नै गाँजा फँडानी […]
शिक्षक हत्याको विरोधमा एन–प्याब्सनद्वारा प्रदर्शन
प्रस, वीरगंज, २० मङ्सिर/ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन–प्याब्सन)बाराले बुधवार कलैयामा विरोध प्रदर्शन गरेको छ । कात्तिक १३ गते बाल एकता बोर्डिङ स्कूलका प्रधानाध्यापक कलैया नपा–६ निवासी रूपेश सर्राफको गोली प्रहार गरी हत्या गरिएको थियो । हत्यामा संलग्न व्यक्तिहरूमध्ये केहीलाई प्रहरीले सार्वजनिक गरे पनि परिवार तथा विभिन्न संस्थाले विरोध गर्दै आएका छन् । […]
आठ महीनादेखि इलाका प्रशासन सुपौली बन्द
प्रस, सेढवा, २० मङ्सिर/ पर्सा जिल्लाको एकमात्र इलाका प्रशासन कार्यालय, सुपौलीमा आठ महीनादेखि सेवाप्रवाह बन्द छ । ग्रामीण भेगका ठोरी, जीराभवानी, जगरनाथपुर र पटेर्वासुगौली गाँउपालिकाका आम नागरिकलाई सहजरूपमा सेवाप्रवाह गर्ने उद्देश्य स्थापना गरिएको इप्रका, सुपौलीको सेवाप्रवाह पटकपटक बन्द भएको छ । यस कार्यालयबाट तोकिएका पालिकाका नागरिकलाई नागरिकता, नागरिकताको प्रतिलिपि, समावेशी समुदायको प्रमाणपत्रलगायतका प्रमाणपत्र वितरणसम्बन्धी सेवाप्रवाह […]
विन्ध्यवासिनी गापामा जनस्वास्थ्य प्रयोगशाला सञ्चालन
प्रस, वीरगंज, २० मङ्सिर/ लामो प्रयासपछि विन्ध्यवासिनी गापामा बुधवारदेखि औपचारिकरूपमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ । वडा नं ४ अमरपट्टिमा प्रदेश सरकार तथा स्थानीय सरकारको लगानीमा नवनिर्मित भवनमा सो प्रयोगशालाको उद्घाटन भएको हो । निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अजय चौरसियाले प्रयोगशालाको उद्घाटन गरेका थिए । वडाध्यक्ष अनोज चौरसियाको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश […]
नागरिक बचाउ अभियानद्वारा पर्सागढीमा प्रदर्शन
बलिराम शुक्ला, बिरुवागुठी, २० मङ्सिर/ राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बुधवार पर्सागढी नगरपालिकामा -याली निकालेको छ । मनवाबजारबाट निस्किएको -याली बडनिहार बजारमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अभियानका पर्सा संयोजक राजेन्द्र परियारले विभिन्न लघुवित्त तथा बैंकहरूले गाउँघरका सोझा महिलाहरूलाई समूहमा आबद्ध गराइ चर्काे ब्याजदरमा ऋण दिएर शोषण गरेको आरोप लगाए […]
सिम्रौनगढका विद्यालयहरू बिहीवारदेखि बन्द हुने
प्रस, सिम्रौनगढ, २० मङ्सिर/ सिम्रौनगढ नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालय भोलि बिहीवारदेखि बन्द हुने भएका छन् । विगत ५१ दिनदेखि तलबको माग गर्दै सिम्रौनगढ नगरपालिका अन्तर्गतका करार, अस्थायी, ज्यालादारी कर्मचारी र शिक्षकहरू आन्दोलन गर्दै, धर्ना दिंदै आएका थिए । पूर्वघोषित कार्यक्रम अनुसार आज शिक्षकहरूले नगरपालिका अन्तर्गतका विद्यालयमा तालाबन्दी गरी साँचो निमित्त प्रमुख प्रशासकीय अधिकृत जयनरायणप्रसाद […]
रु पाँच सङ्कलन अभियानमा आठ लाख जम्मा
ओमप्रकाश चौधरी, सेढवा, २० मङ्सिर/ दैनिक पाँच रूपियाँ सङ्कलन अभियानमा करीब दुई वर्ष अवधिमा आठ लाख रुपियाँ सङ्कलन भएको छ । पर्साको ठोरी गाउँपालिका वडा नं १ मा रहेको वृद्धवृद्धा तथा असहाय कल्याण संस्थाको खातामा सो रकम सङ्कलन भएको अभियानकर्ता सन्तोष श्रेष्ठले बताएका छन् । सो संस्थामा बस्ने वृद्धवृद्धा, असहाय तथा अपाङ्गहरूका लागि दैनिक खर्च […]
४५ जना स्वयंसेविका सम्मानित
नरेश यादव, पर्सागढी, २० मङ्सिर/ ‘स्वास्थ्य क्षेत्रमा दिगो विकासः महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास’ नाराका साथ पर्सागढी नगरपालिकाको आयोजना तथा दिव्य विकास स्रोत केन्द्र बिरञ्चीबर्वाको सहयोगमा २०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न भएको छ । दिवसको अवसरमा ४५ जना स्वयंसेविकाहरूलाई पुरस्कृत गरिएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद पौडेलले बताए । वडा नं ४ स्थित […]