प्रस, वीरगंज, १६ मङ्सिर/
बारा जिल्लाका तीन स्थानमा शनिवार सम्पन्न रक्तदान कार्यक्रममा २१ जना महिलासहित १६८ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।
नेपाल अपाङ्ग सेवा सङ्घ, सिमराले आयोजना गरेको रक्तदान कार्यक्रममा १७ जना महिलासहित ४७ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा सविका सापकोटा, अनिमा कुशवाहा, पूजा सेढाईं, मनीषा श्रेष्ठ, अञ्जना गुरुङ, रिया चौधरी, धनमाया तामाङ, रोहित श्रेष्ठ, सुप्रिम बस्नेत, सुरज पण्डित, लक्ष्मण घिमिरेलगायतले रक्तदान गरेका थिए ।

यसैगरी, फेटा गाउँपालिकाको कार्यालयले फेटा–२ जगतपुरमा आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित ५१ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा आरती पटेल, किरण देवी, सुदीप सिंह, श्यामबाबू पटेल, भिखारी यादव, आयुष गुप्ता, इन्द्रदेव ठाकुरलगायतले रक्तदान गरेका थिए ।

यसैगरी, कलैया उपमहानगरपालिकाको मोतीसरमा ज्योति क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा सज्जन गुप्ता, पोषण साह, जेके गुप्ता, राजेश साह, मकबुल आलम, अजय मुखिया, दीपेन्द्र बैठालगायतले रक्तदान गरेका केन्द्रका प्राविधिक प्रमुख पाण्डेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here