प्रस, परवानीपुर, २ मङ्सिर/
वीरगंजको प्रमुख छठघाटमध्ये मुर्ली पोखरा पनि एक हो । हरेक वर्षझैं यस वर्ष पनि मुर्ली छठघाटलाई दुलहीझैं शृङ्गारिएको छ । छठ पूजा समितिका अध्यक्ष विजय उपाध्यायका अनुसार यस वर्ष मुर्ली पोखरामा करीब रु २१ लाख सजावटमा खर्च भएको छ । वीरगंज–१२ मा रहेको मुर्ली पोखरी ऐतिहासिक हो ।

उक्त पोखरीमा वीरगंज–८ पानीटङ्की, ११ श्रीपुर, १२ मुर्ली, १३ राधेमाई–यातायात क्षेत्र, १५ प्रतिमाचोक आसपासका व्रतालुहरूले छठ पूजा गर्दै आएको उपाध्यायले बताए । छठघाटमा यसपालि करीब १२ सय दउरा राख्ने प्रबन्ध मिलाइएको छ भने छठीमाताको दर्शन गर्न करीब ३० हजार श्रद्धालु आउने आकलन गरिएको वडाध्यक्ष सुरेश साह कानूले बताए ।

छठ पूजाको अवसरमा पूजा समितिले हरेक वर्षझैं यस वर्ष पनि भाग्यशाली चिठाको व्यवस्था गरेको उनले बताए । मुर्ली पोखरीको केन्द्रमा सूर्य भगवान्को मन्दिर निर्माण भएपछि पोखरी एवं छठघाटको रौनक अझै बढेको पूजा समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here