बारा–पर्सा औद्योगिक कोरिडोरका प्रमुख छठघाटमध्ये बारा, परवानीपुर–४ चैनपुरको छठघाट पनि हो । चैनपुरको छठघाटको सम्पूर्ण तयारी भइसकेको पूजा समितिले जनाएको छ । उक्त छठघाटमा तीनवटा पूजा समितिको व्यस्थापनमा छठ पूजा हुने गर्छ । चैनपुरको बिर्ताटोल, रामटोल र चैनपुर गरी तीनवटा समूहको छुट्टाछुट्टै सिरसोता बनाइ छठ हुने गरेको स्थानीय रम्भु पटेलले जानकारी गराए ।

छठघाटको टेन्ट–पन्डालमा मात्रै करीब रु चार लाखभन्दा बढी खर्च भएको उनले बताए । तीनवटै छठ पूजा समितिको संयोजनमा छटघाटलाई झिलीमिली पारिएको उनले बताए । यसैबीच उक्त पोखरीको पूर्व, दक्षिण र पश्चिमतर्फको किनारमा छटघाट (भ¥याङ) निर्माण गर्न करीब रु ६५ लाख खर्च भएको बताइएको छ ।

परवानीपुर गाउँपालिकाले दुई चरणमा २०/२० लाख गरी ४० लाख र रूँगटा तथा चाचान समूहको संयुक्त २५ लाख गरी कुल ६५ लाखको लागतमा छटघाट निर्माण भएको हो । चैनपुरको छठघाटमा करीब १३ सय व्रतालुहरूको दउरा अट्ने प्रबन्ध मिलाइएको छ भने तीन हजारभन्दा बढी श्रद्धालुले अवलोकन गर्ने अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here