ओमप्रकाश चौधरी, सेढवा, २ मङ्सिर/
वर्षेबाली धानपछिको अर्को मुख्यबाली गहुँका लागि पर्साका ग्रामीण किसानहरू खेत तयारी गर्न लागिपरेका छन् । जिल्लाको गण्डक नहरभन्दा उत्तरतर्फ थारुवान क्षेत्रका किसानहरूले धान भिœयाइसकेपछि अहिले गहँु छर्नका लागि खेतको गोडमेललगायतका कार्यमा सक्रिय भएका छन् । यस वर्ष गहुँ छर्न अलि ढिला भएकोले किसानहरूले छठ पर्वको चहलपहलमा पनि खेत तयारी गरिरहेका छन् । खेतमा रहेको पराल भण्डारण गर्न, जलाउन किसानहरू लागेका जीराभवानी गाउँपालिका–२ का किसान जाजुल मियाँले बताए । कतिपय किसानका खेतको माटोमा पानीको मात्रा एकदमै न्यून भई सुक्खा रहेकाले अधिकांश किसानले धानको ठुटो भएको खेत सिंचाइ गरिरहेका उनले बताए । जमीनमा पानीको मात्रा नहँुदा गहँु नउम्रिने समस्या भएकोले किसानहरूले बाँध, पैनी, दमकल र मोटरको सहायताले सिंचाइ गरिरहेका किसान मियाँले बताए ।
गहँुबालीको लागि आवश्यक रासायनिक मल खरीद गर्न किसानहरू लागिपरेका छन । पटेर्वासुगौली गापा– २ मकवानीटोलका किसान बिगा महरा चमारले गहँु छर्ने कार्य नभए पनि त्यसका लागि आवश्यक तयारी किसानहरूले गरिरहेका उनले बताए । छठ पर्व सकेपछि गहुँ छर्ने उनले बताए । उनले किसानहरूले हालसम्म रासायनिक मल पाउन नसकेको गुनासो गरे ।
गहुँ छर्ने बेलामा डिएपी, युरिया र पोटासको आवश्यकता पर्छ । जीराभवानी गापा–२ सेढवामा रहेको जय मारुतीनन्दन कृषि सहकारी संस्थाका सञ्चालक सत्यनारायण साहले दशैंताका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले केही मात्रामा रासायनिक मल दिए पनि सो मल तोरी र सुर्ती रोपाइँमा प्रयोग भएको बताए । छठ पर्वको बिदापछि सहकारी संस्थाले गहुँबालीका लागि मल किसानहरूलाई उपलब्ध गराउने उनले बताए ।