प्रस, वीरगंज, २ मङ्सिर/
बारा सुवर्ण गाउँपालिका–६ को आयोजनामा एमाले बाराले परशुरामपुर बजारमा शुभकामना आदानप्रदान कार्यक्रममा सम्पन्न गरेको छ ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले कार्यक्रमको उद्घाटन गर्दै छठ पर्वको महŒव अझ बढ्दै गरेको बताउँदै अहिले छठ पर्व सबै जातजाति, धर्म र समुदायले मान्दै आएको बताए । उनले एमाले वृद्धवृद्धा, किसान, मजदूरको पक्षमा काम गर्ने दल भएको दाबी गरे । नेता पौडेलले एमाले सरकारमा रहेको बेला राम्रा काम गरेको कारण अन्य दलहरू मिलेर एमालेलाई कमजोर बनाउन घेराबन्दी गरेको बताए ।

कार्यक्रममा केन्द्रीय सदस्यहरू बलवीर चौधरी, एकबाल मियाँ, एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, बाराका सचिव अध्यान्द पाण्डे, संविधानसभाका सदस्य शिवचन्द्र कुशवाहा, भगवान गिरीलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहकजीकरण राकेश यादव र स्वागत सतपाल यादवले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here