प्रस, पंचगावाँ, २ मङ्सिर/
नेपाली राष्ट्रिय झन्डा चोरी गरेको र च्यातेको आरोपमा पक्राउ परेका ११ जना युवकविरुद्ध प्रहरीले सार्वजनिक कसूरको मुद्दा दायर गरेको छ । पर्सागढी नगरपालिका–६ सिङ्गाही नदीको पुलमा राखिएका झन्डाहरू कात्तिक २९ गते राति च्यात्ने र चोरी गर्ने कार्यमा संलग्न ११ जना युवकलाई प्रहरीले पक्राउ गरेको थियो । हिजो शुक्रवार उनीहरूलाई पर्सा जिल्ला अदालतमा पेश गरेको र १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । झन्डा चोरी गरेको र च्यातेको कसूरमा इलाका प्रहरी कार्यालय, पटेर्वासुगौली र मनवा प्रहरी चौकीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूले १५ वटा झन्डा चोरी गरेको र च्यातेको प्रहरी दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here