प्रस, पंचगावाँ, २ मङ्सिर/
वीरगंज महानगरपालिका–२९ रतनपुरबाट प्रहरीले सालको गोलिया बरामद गरेको छ । प्रहरी चौकी मिलनचोकको टोलीले लुकाएर राखिएको अवस्थामा सालको एक थान गोलिया बरामद गरेको हो । बरामद गोलिया सबडिभिजन वन कार्यालय, सबैयाको जिम्मा लगाइएको छ ।

यसैगरी, भेडाहा खोलामा अवैध उत्खनन गरेको कसूरमा प्रहरीले एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । पर्सागढी नगरपालिका–४ स्थित भेडाहा खोलाबाट बालुवा उत्खनन गरेको कसूरमा प्रहरी चौकी बडनिहारले ट्याक्टर नियन्त्रणमा लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here