प्रस, वीरगंज, १ मङ्सिर/

वीरगंजको बजारमा छठ पूजामा पनि खासै रौनक देखिएन। दशैं, दीपावलीपछि छठ पर्वमा बजारमा चहलपहल बढी देखिए पनि बिक्री खासै नभएको व्यापारीहरूले बताएका छन्।

घण्टाघरदेखि आदर्शनगरसम्मको मुख्य बजारमा शटर भाडामा लिएर व्यापार गरेकाहरूले बिक्री नभएको गुनासो गरेका छन्। उनीहरूले दशैं, दीपावलीपछि छठमा बिक्री हुने आशा गरेको तर छठमा पनि आशाप्रदरूपमा बिक्री नभएको बताएका छन्।

आदर्शनगरका व्यापारी अजय प्रजापतिले शटरवाला व्यापारीहरूको बिक्री सन्तोषजनक नभएको बताए। व्यापारीहरू दिनभरि ग्राहक कुरेर बस्नुपरेको र यहाँका ग्राहकहरू सीमापारि रक्सौल गएका र सीमापारिका ग्राहकहरू वीरगंज ब्यारेकनजीक रहेको खुद्रा कपडापसलहरूमा झुम्मिएका देखिए। ब्यारेकनजीकको खुद्रा बजारमा भारत र ग्रामीण क्षेत्रका ग्राहकहरूको भीड दीपावली सकिएलगत्तै बढेको र आजसम्म भीड उत्तिकै छ।

कपडा खरीद गर्नको लागि यो बजारमा भीड बढेको हो। प्रत्येक वर्ष खुद्रा पसलमा यस प्रकारको भीड देखिने गरिएको छ। सस्तोमा जिन्सलगायतका कपडा पाउने हुनाले सीमावर्ती भारतीय उपभोक्ता र पर्साका ग्रामीण क्ष्Fेत्रका उपभोक्ताहरूको भीड लाग्ने गरेको छ।

यसका साथै घण्टाघर, माईस्थानमा रहेका चप्पल पसलमा पनि ग्राहकहरूको भीड छ। नयाँ जुत्ताचप्पल खरीद गर्नको लागि सो क्षेत्रमा भीड लागेको छ। छठ पूजाका सामग्री खरीद गर्नको लागि माईस्थान, मीनाबजार, टेलिकम अफिस, घण्टाघर र बिपी पार्कमा भीड छ भने घण्टाघरदेखि आदर्शनगरसम्मका सटरवाला पसलमा भने ग्रFहकहरूको भीड देखिंदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here