प्रस, वीरगंज, १ मङ्सिर/
जिल्ला प्रहरी कार्यालय, पर्साले नक्कली नेपाली नोटसहित दुर्ईजनालाई पक्राउ गरेको छ ।
कात्तिक २४ गते वीरगंज महानगर–८ सिटी मार्केटबाट बारा, कलैया उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय उमेश कुमार र वीरगंज महानगर–३१ कोनिया निवासी २४ वर्षीय ऋषिलाल पटेललाई नक्कली नेरुसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । अभियुक्त दुईजनाबाट एक हजारका ३८ थान नक्कली नेरु बरामद भएको र निजहरूविरुद्ध खोटा चलनसम्बन्धी कसूरमा मुद्दा चलाइएको जिप्रका, पर्साले जनाएको छ ।
उनीहरूले सो बजारमा कपडा खरीद गर्ने क्रममा नक्कली रुपैयाँ दिएको र सोको सूचना पाएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जिप्रका, पर्साले जनाएको छ ।
यसैगरी, कात्तिक २८ गते वीरगंज–१४ गण्डकचोकबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ ।
वीरगंजबाट परवानीपुरतर्पm जाँदै गरेको ना.२१प ४५८६ नम्बरको मोटरसाइकलमा सवार बारा, परवानीपुर गाउँँपालिका–४ बस्ने वर्ष ३५ का ध्रुव रामलाई साढे छ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ ।
रामलाई मोटरसाइकलको लुकिङ ग्लासमा लगाएको कालो रड्ढो रबरको खोलभित्र सेतो प्लास्टिकमा रहेको खैरो हेरोइनसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ ।