प्रस, वीरगंज, १ मङ्सिर/

घडीअर्वा छठ पूजा व्यवस्थापन समितिले शुक्रवार पत्रकार सम्मेलन गरी  छठघाटको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

समितिका सचिव लखनलाल साह कानूले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा करीब रु १५ लाख ४१ हजार खर्च हुने अनुमान गरिएको बताए। उनले टेन्ट र पन्डालमा सात लाख ५१ हजार, परिसरबाहिरको बत्ती सजावटमा १८ हजार, भिडियोग्राफीमा ३५ हजार, पुरस्कारमा चार लाख २८ हजार, सरसफाइमा ६० हजार खर्च अनुमान गरिएको बताए। सुरक्षा उपसमितिका संयोजक मुन्ना साह कानूले छठघाटमा व्रतालु, दर्शनार्थी र भक्तजनको सुरक्षा र सहजताका लागि जनपद र सशस्त्र र सादा पोशाकका गरी १५० जना सुरक्षाकर्मी र घडीअर्वा स्पोट्र्स क्लबका ५० जना स्वयंसेवक परिचालन गरिने बताए। छठघाट परिसरमा २० वटाभन्दा बढी सिसिटिभी जडान गरिएको उनले बताए।

घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दीपकुमार कानूको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष सुशील साह कानू, पूर्वअध्यक्ष हीरा कानू, प्रेम कानू, मदनप्रसाद गुप्ता, उपाध्यक्ष राकेश साह कानू, कोषाध्यक्ष तिलक साह, सहकोषाध्यक्ष कन्हैयालाल गुप्तालगायतको सहभागिता थियो। कार्यक्रमको सहजीकरण पत्रकार क्रान्ति साहले गरेका थिए।

यसैगरी, घडीअर्वा छठ पूजा व्यवस्थापन समिति र घडीअर्वा स्पोट्र्स क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा तीनजना महिलासहित ५७ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र, वीरगंजले जनाएको छ।

घडीअर्वा पोखरी परिसरमा आयोजना गरिएको कार्यक्रममा सीता दाहाल, खुशी श्रेष्ठ, प्रनीषा गुप्ता, लखनकुमार गुप्ता, रोहितकुमार वर्णवाल, ओमप्रकाश गुप्ता, प्रभाकर गुप्ता, राजेश सिंह, सुरज साह सोनार, मनोहर साह कानू, सुशीलकुमार कानू, सन्तोष साह कानू, किशोरी साह कानूलगायतले रक्तदान गरेका रक्तसञ्चार केन्द्रका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here