प्रस, वीरगंज, १ मङ्सिर/
रूँगटा वेलफेयर सोसाइटी र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको आयोजनामा छठ पूजा गर्ने गरीब, दलित, असहाय महिलाहरूलाई साडी वितरण गर्ने कार्य जारी छ।
ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानले गोवद्र्धन पूजाको दिनदेखि वीरगंज कारागारका कैदीबन्दीहरूलाई साडीलगायत छठ पूजाको लागि आवश्यक सामानहरू प्रदान गरेर यस वर्षको कार्यक्रम शुरू गरेको र बिहीवारसम्म एक हजार साडी वितरण गरिसकेको बताए। उनले बिहीवारसम्म महानगरका पिछडिएका वडाहरूमा बसोबास गर्ने गरीब, दलित, असहाय महिलाहरूलाई साडी वितरण गरिएको र हालसम्म एक हजार थान साडी वितरण भएको र थप पाँच सय वितरण गर्ने योजना रहेको बताए।
कार्यक्रममा रूँगटा वेलफेयरका सुरेश रूँगटालगायतको सहभागिता रहँदै आएको छ।