प्रस, वीरगंज, १ मङ्सिर/
नेपाली काङ्ग्रेस २३ नं वडा कार्यसमितिले शुभकामना तथा चियापान कार्यक्रम गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य अजय चौरसियाले यस प्रकारको कार्यक्रमले भाइचाराको सम्बन्ध स्थापित गर्ने बताए। उनले बिपी कोइरालाको पालादेखि चल्दै आएको चियापान कार्यक्रमले आपसी सम्बन्ध बढाएको बताए। संविधानसभा सदस्य अनिल रूँगटाले सांस्कृतिक परम्पराहरूले समाजमा अनुशासन कायम राख्ने बताए। उनले सत्यको सदैव जीत हुने बताए।
कार्यक्रममा प्रदेश सांसद श्याम पटेल, नेका, पर्साका उपसभापति रामनारायण कुर्मी, संविधानसभा सदस्य बिचारी यादव, बसरुद्दीन अन्सारी, वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, अनिल सिंह, मणिन्द्रलाल नेपाली, सुरेन्द्र लामिछानेलगायतको सहभागिता थियो। कार्यक्रमको सहजीकरण रामनरेश यादवले गरेका थिए।