प्रस, वीरगंज, १ मङ्सिर/

नेपाली काङ्ग्रेस, पर्साका पूर्वसचिव अशोक जयसवालको निधन भएको छ। ५५ वर्षीय जयसवालको शुक्रवार निधन भएको नेका, पर्साले जनाएको छ।

आधा दशकदेखि जयसवालले पक्षघातका कारण घरमैं उपचार गराउँदै आएका थिए। वडा नं ९ रानीघाट निवासी जयसवालको शुक्रवार दिउँसो वयोधा अस्पतालमा निधन भएको परिवारजनले बताएका छन्।

स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको र आज दिउँसो उपचारको क्रममा निधन भएको हो। जयसवाल वीरगंजका चामल व्यापारी पनि हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here