प्रस, सेढवा, ३० कात्तिक/

चाडबाडको समयमा वर्षेबाली धान भिœयाउन किसानहरूलाई भ्याइनभ्याइ भएको छ । तिहारपछि अर्काे मुख्य पर्व छठको तैयारी शुरू भएको छ । यसका साथै किसानहरूको वर्षेबाली धान पाकिसकेकोले उनीहरू धान भिœयाउन व्यस्त छन् ।

अहिले धानबाली अन्तर्गत सोना मन्सुली र मोटरी मन्सुली धान भिœयाउने क्रम जारी छ । जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिकालगायतका केही किसानहरूले सोना सारो, भदैया मन्सुली, कतर्नी तथा हाइब्रिड जातका धानबाली भिœयाइसके पनि अन्य जातका धानको कटानी शुरू भएको छ ।

कृषि क्षेत्रमा आधुनिक मेशीन तथा औजारको विकास भएपछि धानबाली भिœयाउन सहज भएको पटेर्वासुगौली गापा–३ का भागवत चौधरीले बताए । यस क्षेत्रमा हार्भेस्टर मेशीनको प्रयोगबाट धानबाली कटान गर्न र दाइँ गर्न निकै सहज भएको चौधरीले बताए ।

एक बिघा धान काट्न कम्तीमा २० जना ज्यामीको आवश्यकता पर्छ । जसको ज्याला दश हजार रुपियाँ र दाइँ गर्ने  थ्रेसरको भाडा पनि थपिने किसानहरू बताउँछन् । तर हार्भेस्टरको प्रयोगले एक घण्टामा एक बिघा क्षेत्रफलको धानबाली कटान गरी दाइँसमेत हुन्छ, जसमा पाँच–छ हजार रुपैयाँ मात्र खर्च हुने किसानहरू बताउँछन् । तर हार्भेस्टरको प्रयोगले धानबाली कटान गर्दा वस्तुभावका लागि चाहिने पराल नष्ट हुने जीराभवानी गापा–२ शान्तिनगरका किसान दधिमाया पौडेलले बताइन् । गाईवस्तुका लागि मुख्य आहार पराल भएकोले हार्भेस्टरले कटानी गर्दा पराल खेतमा छरिने हुँदा त्यसलाई जम्मा गर्न निकै कठिन हुने गरेको उनले बताइन् । परालको अभावमा व्यावसायिक तथा परम्परागतरूपमा गाईभैंसी पालन गर्न कठिनाइ हुने पौडेलको भनाइ छ ।

आधुनिक मेशीनबाट धान कटानी गर्दा भिजेकै अवस्थामा धान घरमा भिœयाउनुपर्ने जीराभवानी गापा सेढवाका किसान अमृत चौधरीले बताए । त्यस धानलाई घाममा तीन–चार दिनसम्म सुकाउनुपर्ने भएकोले किसानहरूले समस्या भोग्नुपरेको गुनासो गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here