उच्च अदालत पोखराले पर्यटकीय क्षेत्र लेकसाइडलाई २४सैं घण्टा खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ । यसअघि व्यापार–व्यवसाय सञ्चालनमा रोक नलगाउन मागसहित स्थानीय देवीकुमारी बरालले अदालतमा निवेदन दिएकी थिइन् । गृह प्रशासन सुधार कार्ययोजना २०७४ मा ‘ठमेल, दरबारमार्ग, पोखराको लेकसाइडजस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरूमा २४सैं घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिनेछ’ भन्ने उल्लेख छ । विश्व अर्थतन्त्रलाई तीव्र गतिमा डो¥याइरहेका शक्तिशाली देशका ठूला शहरहरू दिउँसो हुने आर्थिक गतिविधिमा मात्रै निर्भर छैनन् । २४सैं घण्टा खुल्ने व्यवसाय र त्यसबाट हुने आम्दानीले आर्थिक छलाङमा बलियो साथ दिइरहेका छन् । लन्डन, न्यूयोर्क, सन फ्रान्सिस्को, पेरिस, आर्मस्ट्रडमलगायत ठूला शहर कहिल्यै सुत्दैनन् । छिमेकी भारतकै नयाँ दिल्ली, चण्डीगढ, गोवा, बैंग्लोर, कोलकाता, हैदराबाद, चेन्नईलगायतका शहरहरू पनि नसुस्ताउने शहरमा पर्छन् । विश्वका ठूला शहर दिउँसो हुने आर्थिक गतिविधिमा मात्रै निर्भर छैनन् ।

अमेरिकाको ठूलो शहरमा पर्ने न्यूयोर्क पनि कहिल्यै नसुत्ने शहरमा पर्छ । गत आर्थिक वर्ष २०२१/२२ मा न्यूयोर्कको रात्रि व्यवसायले ३५ अर्ब डलरको कारोबार गरेको थियो । जसबाट राज्यले करीब ७० करोड डलर कर उठाएको थियो । विश्वकै दोस्रो नम्बरमा रहेको चिनियाँ अर्थतन्त्रको आकार  १९ ट्रिलियन डलर पुगेको छ । अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको चीनले पूर्वाधारका साथै औद्योगिक विकास र रात्रिकालीन अर्थतन्त्रलाई विशेष प्राथमिकता दिएको छ । आइआई मिडिया रिसर्चका अनुसार चीनको रात्रिकालीन व्यवसायको आकार छ अर्ब डलर पुगेको छ । सन् २०२५ मा यसलाई १४ अर्ब डलर पु¥याउने चिनियाँ लक्ष्य छ । विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापानको रात्रिकालीन व्यवसायको आकार सात अर्ब डलर पार गरेको छ । जापानको रात्रिकालीन व्यवसायको ठूलो हिस्सा टोक्यो शहरले ओगट्छ । जहाँ राति बार, रेस्टुरेन्ट मात्रै चल्दैनन्, रेलसेवा, मनोरञ्जनात्मक खेल, पार्क, सङ्ग्रहालयजस्ता क्षेत्र पनि चलायमान हुन्छन् ।

कोरोना महामारी, लगत्तै भएको रूस–युक्रेन युद्ध, हालको इजरायल–हमास युद्धले अन्तर्राष्ट्रिय मूल्यवृद्धि, आपूर्ति शृङ्खलामा भएको अवरोधलगायतले विश्वभर आर्थिक सङ्कट छ । यसको प्रत्यक्ष असर नेपालसम्म पनि परेको छ । रोजगार वृद्धि, राजस्व सङ्कलन र व्यवसाय विस्तारमा महŒवपूर्ण भूमिका हुने क्षेत्रमा सरकारको उपस्थिति कछुवा गतिमा छ । यसैमध्येको एउटा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने सुरसार छैन । पहिलेदेखि सञ्चालनमा रहेकालाई व्यवस्थित गर्ने सोच छैन । स्थानीय बासिन्दा वा व्यवसायीहरूले रात्रिकालीन बजार सञ्चालन गर्न लाग्दा सुरक्षा दिन नसक्ने भन्दै सुरक्षा निकायले नै हतोत्साहित पारिरहेका हुन्छन् । विश्वकै शक्तिशाली देशका ठूला शहर २४सैं घण्टा जाग्राम भएपनि नेपालको अवस्था ठीक उल्टो छ । सङ्घीय राजधानीसहित ठूला भनिएका सबै शहर सम्साँझैं सुनसान बन्छन् । अलिकति अँध्यारो भयो भने ड्यामडुम्म सटर तानिन्छन्, सडक सुनसान बन्छन् । ठूला शहरमैं भएका क्यासिनो, क्लब हाउस, बार, दोहोरी साँझ पनि मध्यरात नहुँदै बन्द भइसक्छन् । रोजगार गर्नेहरूका लागि, विद्यार्थी, गृहिणी, किसानको लागि पनि रात्रिबजार उपयुक्त हुन्छ । सुरक्षाको जिम्मेवारी राज्यको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here