प्रस, पर्सागढी, २३ कात्तिक/

पर्सागढी नगरपालिका–३ बिरुवाचोकमा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन  तथा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

भवनको उद्घाटन गर्दै नगरप्रमुख गोकर्ण पाठकले पर्सागढीवासीलाई सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आफू कटिबद्ध रहेको बताए । उनले पालिकाको रू २४ लाखको लागतमा निर्मित तीन कोठे भवनमा १५ शøयाको सुविधासम्पन्न अस्पताल निर्माण हुने बताए ।

भवनको उद्घाटन कार्यक्रमपछि आयोजित रक्तदान कार्यक्रममा छजना महिलासहित ५२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए । कार्यक्रममा उषादेवी साह, इन्दुदेवी माझी, रविया खातुन, जीतेन्द्र यादव, रामकृष्ण चौधरी, मिश्री दास, विवेक चौधरी, ओमप्रकाश थारू, चन्द्रकिशोर चौधरी, सरोजप्रसाद दास थारू, रितेश चौधरी, प्रमोद चौधरी, सिकेन्द्रप्रसाद यादव, सुशील ठाकुर, श्यामसुन्दर चौधरी, विजय लामा, विक्रम कार्कीलगायतले रक्तदान गरेका थिए ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र, पर्साका नमित चौरसिया, अजय साह, सिन्धु टण्डनलगायतले प्राविधिक सहयोग गरेका थिए । कार्यक्रममा पर्सागढीका उपप्रमुख पूजा चौधरी, कार्यपालिका सदस्य सीता लामा, चन्द्रदेवी, सविता गिरी, मोहनलाल महतो, लक्ष्मी विक, भवन निर्माण समितिका अध्यक्ष धर्मराज दासलगायतको सहभागिता थियो ।

यसैगरी, नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति, पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए । विजय गुप्ता, रमेश महतो, श्याम पटेल, रामप्रवेश महतो, नरेश चौहान, यज्ञ ओली, निर्मल सिंह, महम्मद आरिफ हुसेन, अनिल मिश्र, कृष्ण खतिवडा, चन्दन सहनीलगायतले रक्तदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here