प्रस, वीरगंज, २३ कात्तिक/

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदूर सङ्घर्ष समिति, पर्साले बिहीवार जिल्ला प्रशासन कार्यालय एक घण्टा  घेराउ गरेको थियो ।

पावरहाउस चोकबाट निस्किएको ¥याली नगरपरिक्रमापछि जिल्ला प्रशासन कार्यालय, पर्सामा पुगी घेराउ गरेको थियो । ‘सम्पूर्ण किसान, मजदूर एक हौं’, ‘वित्तीय शोषण, उत्पीडनविरुद्ध किसान, मजदूर एक हौं’ नाराका साथ सङ्घर्ष समितिले घेराउ गरेको थियो ।

घेराउको क्रममा ‘साहुको ठगी धन्दा बन्द गर’, ‘मिटरब्याजसम्बन्धी निष्पक्ष छानबीन गर’, ‘साहुको सम्पत्ति छानबीन गर’, ‘भेदभाव गर्न पाइँदैन’, अधूरो फाइल छिटो टुङ्गो लगाउ’ जस्ता नारा लगाएका थिए ।

यसैगरी, ‘वित्तीय सङ्घसंस्था, बैंक र साहुले जग्गा लिलाम गर्न पाउँदैन’, ‘लिलाम गरेको जग्गा फिर्ता गर’ जस्ता माग गर्दै छठपछि आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here