प्रस, वीरगंज, २२ कात्तिक/

भेट्रान्स सिटी क्लब, वीरगंजद्वारा आयोजित प्रथम वीरगंज गोल्डकप २०८० को सेमिफाइनलमा आयोजक भेट्रान्स सिटी क्लब, वीरगंज नेपाल पुलिस क्लबसँग टाइब्रेकरमा पराजित भएको छ ।

आदर्शनगर रङ्गशालामा बुधवार आयोजित पहिलो सेमिफाइनल खेलमा निर्धारित समयमा दुवै टीमले गोलरहित बराबरी खेले । थप समयमा पनि गोल हुन नसकेपछि टाइब्रेकरबाट निर्णय भएको थियो । टाइब्रेकरमा पनि दुवै टीमले समान गोल गर्दा बराबरी भयो । पाँचवटा प्रहारमा वीरगंजका दुईवटा प्रहारलाई नेपाल पुलिसका गोलकीपर शत्रुघ्न चौधरीले रोके भने भेट्रान्स सिटीका गोलकीपर राजु नगरकोटीले पनि नेपाल पुलिसका दुईवटा गोल रोकेका थिए ।

त्यसपछि पुनः दुई/दुई गोलको टाइब्रेकरमा भेट्रान्स सिटी क्लबको एउटा प्रहार पोलबाहिर गयो भने अर्को गोल भयो । नेपाल पुलिसको दुवै गोल सफल भएपछि उसले फाइनलको यात्रा तय गरेको थियो । आजको खेलको ‘म्यान अफ दी म्याच’ नेपाल पुलिसका गोलकीपर शत्रुघ्न चौधरी घोषित भए ।

भोलि बिहीवार दोस्रFे सेमिफाइनल खेल सङ्कटा क्लब, काठमाडौं र त्रिभुवन आर्मी काठमाडौंबीच हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here