प्रस, सेढवा, २२ कात्तिक/
जीराभवानी गाउँपालिका–३ मा जारी परसवा गोल्डकप–२०८० मा निचुटा युथ क्लबले सेढवालाई टाइब्रेकरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । बुधवार पहिलो सेमिफाइनलमा निचुटा र सेढवा निर्धारित ९० मिनेटको खेल गोलरहित भयो । खेलको निर्णय टाइब्रेकरबाट गर्दा निचुटाले चार गोल ग¥यो भने सेढवाले तीन गोल मात्र गर्न सक्यो ।
निचुटाका गोलकीपर दिलमणि चौधरीले सेढवाका दुईवटा प्रहार रोके भने सेढवाका गोलकीपर प्रन्ती गजेन्द्रले निचुटाको एउटा मात्र गोल रोक्न सके ।
आजको खेलको ‘म्यान अफ दी म्याच’ निचुटाका गोलकीपर चौधरी घोषित भए । उनलाई आयोजक संस्थाका अध्यक्ष उमाकान्त चौधरीले ट्रफी प्रदान गरेका थिए । भोलि बिहीवार दोस्रो सेमिफाइनल खेल भारतको जय हिन्द एभरेस्ट क्लब, इनर्वा र बाराको त्रिशूल युवा क्लब, बकुलियाबीच हुने अध्यक्ष चौधरीले बताए ।