पानीमा नयाँ शहर बसाउने नियोम प्रFेजेक्टको तयारीबीच साउदी अरबले एउटा अर्को घोषणा गरेको छ । साउदी अरबले एउटा अर्को मेगासिटी बनाउँदैछ । जसमा लन्डनजस्तो भव्य वाटरफ्रन्ट हुनेछ । नयाँ शहरको नाम मराफी हुनेछ र यसलाई जेद्दाहमा बसाइने भएको छ । यो शहर आफैंमा विशेष हुनेछ र यहाँ १.३० लाख व्यक्ति बस्न सक्नेछन् । ११ किलोमिटर लामो टनल हुनेछ । यसको तयारी रोशन गु्रपले गर्दैछ । यसभन्दा पहिले साउदी अरबले नियोम प्रोजेक्टको घोषणा गरेको थियो । यो शहर विकसित गर्ने तयारी भइरहेको छ । शहरको नाम ‘द लाइन सिटी’ हो ।
साउदी अरबले पर्यटन व्यवसायलाई विकसित गर्ने तयारी अन्तर्गत मराफी शहर बनाउने घोषणा गर्दैछ । यो शहर जेद्दाहको रेगिस्तानमा बनाइनेछ । अल अरबियाको रिपोर्ट अनुसार मेगासिटी बसाउनुको पछाडि समुद्रजस्तो माहोललाई यहाँको ऐतिहासिक शहरसँग जोड्नु हो । ११ किलोमिटर लामो नहर बनाइनेछ, जुन यस देशको पहिलो यस्तो नहर हुन्छ, शहरको बीचमा पानीको माध्यमबाट मैरिन लाइफ विकसित गरिनेछ ।
यहाँ बनाइने वाटरफ्रन्ट शिकागो, स्टकहोम र सेन्ट्रल लन्डनसरह भव्य हुने । यस शहरलाई वाटरटैक्सी, बस र सबवेबाट जोडिनेछ । यहाँ पुग्ने सीधा बाटो भनेको किङ अब्दुल अजीज इन्टरनेशनल एयरपोर्ट हुनेछ ।
रोशन गु्रपका सिइओ डेभिड ग्रोवरले भने, मराफी रियल स्टेट विकास क्ष्Fेत्रमा एउटा गेमचेन्जर हुनेछ । यसले नयाँ इतिहास रच्दै गुणस्तरीय जीवनलाई बढावा दिनेछ । देशको सम्पन्न अर्थव्यवस्था बनाउने भिजन सन् २०३० लक्ष्यलाई प्राप्त गर्ने नयाँ पाइला हुनेछ ।
सन् २०१६ मा मोहम्मद बिन सलमानले तीन लक्ष्यको साथ भिजन २०३० शुरू गरेका थिए । अर्थव्यवस्थामा विविधता ल्याउनु, समाजलाई आधुनिकीकरण गर्नु र देशको वैश्विक प्रोफाइल बढावा दिनु उनको लक्ष्य थियो ।
द सनको रिपोर्ट अनुसार भिजन २०३० लाई ध्यानमा राख्दै यहाँ लेयजा नामक भव्य होटल परिसर निर्माण भइरहेको छ ।