प्रस, वीरगंज, २१ कात्तिक/

भारतको लखनऊमा भएको लखनऊ रन फर दौडमा बारा जिल्लाका एकजना खेलाडी द्वितीय र पर्सा जिल्लाका एकजना खेलाडी चौथो भएका छन् ।

एथलेटिक्स प्रशिक्षक विशेश्वर पटेलले कात्तिक २० गते सोमवार लखनऊमा भएको ५० वर्ष उमेरमाथिको दौड प्रतियोगितामा बाराका जयनरेश पटेल द्वितीय भएको र सोही उमेर समूहमा पर्साका कृष्ण चरण चौथो भएको बताए ।

उनीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । लखनऊमा विभिन्न विधामा खेल प्रतियोगिता भएको र त्यसमध्ये पर्सा र बाराबाट दुईजना ५० वर्ष उमेर समूहको दौड प्रतियोगितामा सहभागिता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here