आइतवार साँझ बुल्गेरियाको आकाश पूरै रातो भयो । यसलाई अरोरा बोरेलिस अथवा नोर्दम लाइट भनिन्छ । सामाजिक सञ्जालमा रक्ताम्य आकाशको तस्वीर निकै भाइरल भएको थियो । मेटियो बाल्कनको रिपोर्ट अनुसार बाल्कन देशको लगभग सबै कुनामा फैलिनुभन्दा पहिले बदलिंदो रातो अरोरा पहिलोपटक बुल्गेरियाको उत्तरपूर्वी भागमा देखिएको थियो । दृश्य निकै रोमाञ्चक थियो ।

सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले रक्तिम आकाशको तस्वीरलाई सर्वनाशकारी र डरलाग्दो बताएका थिए । कसैले यस घटनाले मन्त्रमुग्ध बनाएको भन्दै उत्साह व्यक्त गरे । यस प्रकारको आकाश रोमानिया, हंगेरी, चेक गणराज्य र युक्रेनमा पनि देखिएको थियो । पोल्यान्ड र स्लोवाकियाको तस्वीरमा पनि देखिएको थियो । शनिवार राति युनाइटेड किंगडममा चमकदार हरियो र रातो रङ्गको अरोरा देखिएको थियो ।

यस वर्षको शुरूआतमा अरोरा बोरेलिस पहिलोपटक भारतमा पनि देखिएको थियो । दुर्लभ घटनालाई लद्दाखमा कैद गरिएको थियो । यसबाट वैज्ञानिक र आकाशदर्शीहरू रोमाञ्चित भए । अरोरा बोरेलिसले सदीऔंदेखि मानवलाई आकर्षित गर्दै आएको छ । साधारणतया भू–चुम्बकीय तूफानको दौरान यो देखिन्छ । यो खगोलीय चमत्कार पृथ्वीको चुम्बकीय क्ष्Fेत्रमा गडबडीको परिणाम हो, जसबाट उच्च र निम्न अक्षांश दुवैमा घण्टासम्म चम्किलो धु्रवीय किरण देखिन्छ ।

के हो अरोरा बोरेलिसः जब उत्तरी प्रकाश सबैभन्दा बढी पृथ्वीको चुम्बकीय उत्तरी र दक्षिणी धु्रवनजीक देखिन्छ, यसलाई अरोरा अस्टे«लिस भनिन्छ, यो कहिलेकाहीं बढी समशीतोष्ण क्षेत्रमा पनि देखिन सक्छ । यो घटना सूर्यबाट निस्कने सौर्य वायु कणको परस्पर क्रियाबाट उत्पन्न हुन्छ, जसमध्ये केही पृथ्वीसम्म पुग्नुभन्दा पहिले लाखौं मिलको यात्रा गर्छ । जब यो पृथ्वीमा पुग्छ, तब पृथ्वीको चुम्बकीय क्षेत्रले यी कणलाई धु्रवीय क्षेत्रतर्फ निर्देशित गर्छ ।

अरोराको अनौठो रङ्ग ती विशिष्ट ग्याँस अणुमाथि निर्भर गर्छ, जुन कणको वायुमण्डलमा सामना गरिरहेको हुन्छ र जहाँ यो अन्तक्र्रियामा हुन्छ । अक्सिजन उत्सर्जन हुँदा विशिष्ट हरियो रङ्गको प्रकाश पैदा हुन्छ, जबकि नाइट्रोजनको साथ घर्षणको परिणामस्वरूप आकाशलाई उज्यालो गर्ने एउटा आकर्षक रातो चमक पैदा हुन्छ र आकाश रगतजस्तो रातो देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here